एजेन्सी । साच्चै महिलालाई मायाकी दयाकी खानी भनेर यसै भनिएको होईन । कहिले काही यही कमलो मनको कारण नै महिलाहरुलाई कम्जोर पनि मानिने गर्छ । तथापी महिलाहरुमा हुने माया , सहनशीलता र इमान्दारीता भने संसारकै ठुलो शक्ति मानिन्छ । यस्तै दयाकी खानी बनिन् एक जना एयर होस्टेस । विमान यात्राको क्रममा रोईरहेको एक बच्चालाई आफनो स्तनपान गराएर ती एयर होस्टेसले यतिबेला चौतर्फी प्रशंसा बटुलिरहेकीछिन् । २४ वर्षीया पत्रिशा ओर्गानोले विमानमा सवार एक महिलाको बच्चालाई आफनो दुध खुवाएकी हुन् । आमासंग रहेको पाउडर दुध सकिएको कारण बच्चा भोकले निकै रोईरहेको थियो केही माध्यम नभएपछि पत्रिशा आफै दुध खुवाउँन अघि सरिन ।

पत्रिशाले यो घटना फेसबुकमा पनि सेयर गरिन् । उनलाई मानिसहरुले ‘हिरो’ बताएका छन् । मनिलाकी पत्रिशा आफै पनि जेद नामकी नौ महिने छोरीकी आमा हुन् । उनले भनिन्, ‘एयरलाइन्ससँग पनि बच्चालाई दुध दिलाउने कुनै व्यवस्था थिएन । वरिपरि बसेका यात्री बच्चा रोएपछि तनावमा देखिए । त्यो देखेर म निकै दुःखी भएँ ।

 

त्यसपछि मैले विमानका अधिकारी शेरिलको मद्दतले बच्चालाई फिडिङ एरियामा लगेर दुध खुवाएँ ।’ दुध खुवाएपछि ती शिशु सुतिन् भने बच्चाको आमालाई सहयोग गर्न पाउँदा आफु निकै खुसी रहेको उनले बताएकीछिन् । यतिबेला यो तस्बिर निकै भाईरल भईरहेको छ भने उनको प्रशंसा पनि भईरहेको छ । आफनो एयर होस्टेस करियरमा इभ्यालुएटर पदका लागि परिक्षा दिईरहेकी उनलाई एयरलाइन्सले पनि प्रमोसन दिएको छ । एयरलाइन्सले उनलाई उक्त पदका लागि छनोट गरेको छ । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah