काठमाडौं । आगामी मंसीर ३ लाई रिलिज मिति तोकिएको फिल्म ‘सायद २’ले रिलिज मितिलाई पर सार्दै चैत्र ११ गते रिलिज हुने भएको छ । फिल्मकी प्रस्तुतकर्ता दुर्गिश थापाका अनुसार मुख्य चाड दशैं र तिहारको कारण फिल्मको काममा अवरोध हुने भएपछि रिलिज मितिलाई चैत्रमा पु¥याइएको हो ।
‘फिल्मको काम धमाधम भइरहे पनि दशैं र तिहारमा काम समयमा नसकिने भएपछि फिल्मलाई चैत्रमा पु¥याउन बाध्य भयौं,’दुर्गिशले भनिन्,‘फिल्म वितरकले पनि यही सुझाव दिनुभएपछि हामी पछि सरेका हौं ।’ फिल्मलाई उपत्यकामा डीसीएन र मोफसलमा एफडीले वितरण गर्दैछ ।
दुर्गिश फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्ममा पुष्पराज न्यौपानेको लेखन र निर्देशन छ । बलिउडका फिल्महरु ‘डेन्जरस इस्क’, ‘राज ३’, ‘हेट स्टोरी २’ र ‘हेट स्टोरी ३’मा सहायक निर्देशक भएर काम गरिसकेका पुष्पराजले दुर्गिशको फिल्मबाट डेब्यु निर्देशन गरेका हुन् ।
सुनिल रावल, इश्वर श्रेष्ठ र सुवास लामिछानेको लगानी रहेको फिल्ममा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, रुबिना श्रेष्ठ, कुशल पाण्डे, सुनिल रावल, सुशिल सिटौला, निशा कार्की र बुद्धिलाल मगरको अभिनय छ । फिल्ममा सुनिलकै कथा, राजुविक्रम थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, गोविन्द राई र विक्रम स्वारको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, सुगम पोखरेल र कालिप्रसाद बास्कोटाको संगीत छ ।

filmypati.com बाट भिडियो सभार गरिएको ।



