एजेन्सी,२९ कात्तिक । एक वर्ष सम्म डेट गरेकी गर्लफ्रेन्डलाई उनकै ब्वाईफ्रेन्डले ५ जना केटीहरु लगाएर निकै कुटाएका छन् । कारण ती ५ जना केटीहरुले गरेको अश्लील क्रियाकलापको विषयमा ती किशोरीले आलोचना गरेकी भन्दै अन्य ५ जनाले ३ घण्टा सम्म लगातार कुटेका हुन् ।तिन घण्टा सम्म निर्घात रुपमा कुटिएकी युवतीको हालत देखेर अस्पतालमा डाक्टर समेत चकित परेका छन् ।
यतिसम्मकी ती किशोरीको कुटाइको कारण प्रजनन अंगहरु गम्भिर चोट लागेका छन् भने उनी कहिल्यै पनि आमा बन्न नसक्ने अवस्थामा पुगेकी छन् । स्तावरोपोल क्राइ राज्यकी ती युवती आफ्नो ब्वाइफ्रेन्डले बोलाइपछि त्यहाँ पुगेकी थिइन् । कुटपिटको क्रममा साथीहरुसँग माफ मागेपछि ती किशोरीलाई नग्न अवस्थामा बेहोस बनाएर छोडेका थिए ।



