अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर २ गते,आइतबार,इश्वी सन् २०१८ नोभेम्बर १८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– दशमी, १०:४९ बजेउप्रान्त एकादशी,नक्षत्र– पूर्वभाद्रपदा, १४:५७ बजेउप्रान्त उत्तरभाद्रपदा,योग– हर्षण, १८:२७ बजेउप्रान्त वज्र,करण– गर, १०:४९ बजेदेखि वणिज, २३:२८ बजेउप्रान्त भद्रा,आनन्दादिमा चर योग, चन्द्रराशि– कुम्भ, ८:२८ बजेउप्रान्त मीन, सूर्योदय– ६:२८ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २६ घडी ४२ पला। वर्त/पर्व-पञ्चक। वलम्बु महालक्ष्मी यात्रा,धादिङमा गंगा-जमुना मेला,सर्वार्थसिद्धि योग १४:५७ देखि २३:२८ बजेसम्म।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर ३ गते,सोमबार, इश्वी सन् २०१८ नोभेम्बर १९ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– एकादशी, १२:०१ बजेउप्रान्त द्वादशी,नक्षत्र– उत्तरभाद्रपदा, १६:३६ बजेउप्रान्त रेवती,योग– वज्र, १८:०८ बजेउप्रान्त सिद्धि, करण– भद्रा, १२:०१ बजेदेखि वव, २४:२६ बजेउप्रान्त वालव,आनन्दादिमा गद योग, चन्द्रराशि– मीन,सूर्योदय– ६:२९ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी ३९ पला।वर्त/पर्व- पञ्चक। हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह, भीष्मपञ्चक आरम्भ,सुनसरीस्थित बराहक्षेत्र तथा खोटाङस्थित बराह पोखरीमा धार्मिक मेला सुरु।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, पारिवारिक जमघटमा मन रमाउनेछ,पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन,आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,व्यवसायमा लगानी बढाउनुपर्ला,ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ,आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ,विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ,निराश नहुनुहोस्,काममा सफलता मिल्नेछ, ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ,आजको शुभ अंक २ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ काममा हात हाल्ने समय छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आत्मसम्मानमा केही आघात पुग्न सक्छ, सचेत रहनुहोला, व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,दिन छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ,आजको शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
सम्मान प्राप्त हुन सक्छ,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ,इष्टमित्रले प्रशंसा गर्नेछन्, आजको शुभ अंक ४ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ,दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ,आजको शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आतिथ्यपूर्ण सम्मान पाइएला,सहयोगीहरूबाटै धोका दौडधुप होला,परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शंका उब्जने समय छ,महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला, मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ,आजको शुभ अंक ११ रहेको छ।
दिब्य ज्योतिष बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah