दमक÷सानै देखि उनि गीत गुनगुनाउथे । गीता बजाउथे । केहि कार्यक्रम भयो की उनलाई साथीभाइले गीत गाउनका लागि उक्साइहाल्थे । उनि पनि के कम मन खुलेर गीत गाउथे । साथीभाइमाझ बस्दा होस् या कहि कतै घुमघाममा जाँदा उनको गीत सुन्न साथीहरु उत्सक नै रहन्थे । पढाइमा तेज उनलाइ गायक नै बन्छु भन्दा पनि गीत गाउदा बेग्लै आनन्द आउथ्यो ।
सानै देखि यसरी गीत संगितमा रुचि राख्ने जीबन गुरुङ्गले लामो समयपछि आफ्नो एकल एल्बम निकालेकाछन् । एम.एस्सी र एकबर्षे बी.इड अध्ययन पुरा गरेर दमक बहुमुखि क्याम्पस लगायतका शैक्षिक क्षेत्रमा अध्यापन गराइरहेका गुरुङ्गले सपर्मण नामक गीति एल्बम निकालेकाहुन् ।
आफ्नै संगित र शब्दमा उनले आफ्नो एल्बममा ५ वटा गीत गाएकाछन् । बीरताको कथा लेख्ने…, आफूलाईभन्दा पनि…,आकाशमा जूनसुकै…,जति जति टाढा गयो…गीतहरु उनलको एल्बममा रहेकाछन् । अध्यापन र गीतसंगितलाई संगै अगाडि बढाउने गुरुङ्गले बताए । उनले एउटा गीतको म्यूजिक भिडियो पनि बनाएकाछन् ।
चर्चित गायक प्रमोद खरेल, हिमाल सागर उनका साह्ै मिल्ने साथी हुन् । बिद्यालय तथा क्याम्पसका शुरुका दिनमा गीतार बजाउनका लागि उनिहरुलाइ गुरुङ्गलाइ आग्रह गरेर आफू गीत गाउथे । उनिहरु चर्चित भएपनि अहिले पनि उनिहरुसंग अहिले पनि राम्रो र समुधुर सम्बन्ध रहेको उनले जनाए ।
https://youtu.be/iF8b7gt8LoY



