भारतको चर्चित टेलिभिजन शो ‘झलक दिखला जा’को उपाधी जित्न सफल तेरिया फौजामगर शुक्रबार साँझ नेपाल आउने भएकी छन् ।आफूलाई अनलाइनन भोटिङ गरेर जिताउन सहयोग गर्ने नेपालीहरुलाई धन्यवाद दिन आफू नेपाल आउन लागेको उनले बताइन् ।
अनलाइनखबरसँग मुम्बईबाट कुरा गर्दै तेरियाले भनिन्, ‘मलाई झलक दिखला जामा जुन उपलब्धी हासिल भयो त्यसमा संसारभर रहेका नेपालीहरुको योगदान छ । त्यसैले मलाई मायाँ गर्ने र भोट गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्न नेपाल जाँदै छु ।’
यही माघ सात गते भएको फाइनल प्रतिस्पर्धामा अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै तेरियाले ३० लाख नगदसहित उपाधि जितेकी थिइन् ।
तेरियाकी आमा अनिता फौजामगरले नेपाल एयरलाइन्सको जहाजबाट शुक्रबार साँझ आमा-छोरी काठमाडौं आइपुग्ने बताइन् ।
‘परीक्षा नजिकिएकाले बसाईं छोटो, विशेष कार्यक्रम छैन’
तेरियाको सम्मानमा शुक्रबार तेरिया फाउण्डेसनले काठमाडौंमा एक कार्यक्रम गर्नेछ । सो कार्यक्रममा सहभागी भएपछि उनी आफ्नो गृहजिल्ला रुपन्देही जानेछिन् । रुपन्देहीमा पनि उनलाई स्वागतको तयारी भइरहेको तेरियाका हजुरबुवा कृष्णबहादुर फौजामगर बताए ।
तर, तेरियाको परीक्षा नजिकिएकाले छोटो विदा लिएर नेपाल आउन लागेको र विषेश कार्यक्रम नरहेको कृष्णबहादुरले अनलाइनखबरलाई बताए । ‘उनको बसाई नेपालमा धेरै छैन । परीक्षा आइरहेकाले दुई-तीन दिनमै फर्किहाल्छिन्,’ कृष्णबहादुरले भने, ‘ठूलो कार्यक्रम गर्ने योजना छैन । उनी नेपालीहरुलाई धन्यवाद दिनमात्रै आउन लागेकी हुन् ।’
६५ वर्षीय कृष्णबहादुरले नातिनीको सफलताबाट आफूमा खुसीको सीमा नै नभएको बताए । उनले अनलाइनखबरसँग भने, ‘खुसीको त कुरै नगर्नुस् । कुनै सीमा नै छैन । म नातिनीलाई स्वागत गर्न एकदम आतुर छु ।’
छोरीको आमा हुनुमा मलाई गर्व छः अनिता
१४ वर्षीया तेरिया हाल बुवा विजय फौजामगर र आमा अनिताको साथमा मुम्बईमा बस्छिन् । उनी भासीस्थित सेन्ट लरेन्स विद्यालयमा कक्षा आठमा अध्ययनरत छिन् । सो विद्यालयको भारतभर दर्जनौं शाखा छन् । विद्यालयका सबै शाखाहरुले टेरियालाई विजयी गराउन अभियान सञ्चालन गरेका थिए । तेरियाको पछिल्लो सफलतालगत्तै उनी पढ्ने विद्यालयको शाखाहरुमा खुसियाली छाएको थियो । अघिल्लो हप्ता विद्यालयले एक भव्य कार्यक्रम गरी बधाई कार्यक्रम आयोजना गरेको थियो ।
तेरियाकी आमा अनिताले अनलाइनखबरसँग भनिन्, ‘ढोल बजाएर विद्यालय प्रांगणमा सम्मान गरिँदा म निकै भावुक भएँ ।’
तेरियाको सफलतामा नेपालीका साथै भारतभरका उनको पुस्ताका विद्यार्थीहरुको पनि महत्वपूर्ण योगदान रहेको अनिताले बताइन् ।
उनले भनिन्, ‘म तेरियाको आमा हुनुमा गौरव गर्छु र छोरीको यो सफलतामा साथ दिने सबैप्रति आभारी छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah