काठमाडौं । केही दिन देखि नेपालका सबै जसो ठाउँहरुमा चिसो बढेको छ । चिसोले साना उमेर देखि वृद्धा उमेरसम्मका मानिसको स्वास्थ्यमा समस्या श्रृजना गर्छ । चिसो मौसममा सबैभन्दा बढी देखि समस्या हो, रूघाखोकी। चिसोका कारण नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकाइ महसुस हुने लगायतका समस्या देखिन्छ। चिसोबाट बच्न र रूघाखोकीबाट छुटकारा पाउनका लागि बजारमा पाइने औषधिभन्दा घरमा पाइने सामग्रीलाई औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। यस्ता घरेलु सामग्रीले रूघाखोकीबाट बच्न मद्दत गर्दछ ।
बच्ने उपायहरु:
१. ४० वटा तुलसीको पात तातोपानीमा राखेर हरेक दिन बिहान खाली पेटमा सेवन गरे रुघाखोकीबाट बच्न सकिन्छ।
२. हरेक दिन बिहान खाली पेटमा ३ ग्राम देखी ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिसाएर नियमित ३ देखि ४ दिनसम्म लगातार सेवन गर्नाले रुघाखोकी निको हुन्छ ।
३. अदुवालाई हल्का पोलेर महसँग मिसाएर नियमित सेवन गरेमा पनि रुघाखोकीबाट बच्न सकिन्छ।
४. ज्वानो, वेसार र अदुवालाई मिसाएर पानीमा पकाएर हरेक दिन बिहान बेलुका आधा गिलास खाने गरेमा पनि रुघाखोकी निको हुन्छ।
५. तुलसी र मह– तुलसीको ४्५ वटा पातलाई नियमित महमा मिसाएर खाएमा पनि खोकी निको हुन्छ।
६. गाउँघरमा पाइने रुदिलो पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोबाट निम्तिने श्वासप्रश्वाससम्बन्धी समस्या पनि समाधान हुन्छ।



