मस्को। रुसमा आफ्नी गर्लफ्रेण्डको निर्ममतापूर्वक हत्या गर्ने युवकलाई अदालतले १९ वर्षको जेल सजाय सुनाएको छ । यी युवकले पहिले गर्लफ्रेण्डको टाउकोमा बोतलले कैयौं प्रहार गरेर उनको हत्या गरे । त्यसपछि उनको दिमागलाई पकाएर खाए । यहाँसम्म कि ती युवकले गर्लफ्रेण्डको रगत पनि पिए र उनको शरीरका अंगहरु काटिदिए । अपराधको प्रत्यक्षदर्शीका अनुसार त्यसपछि ती युवकले शैतानलाई बोलाउने कोसिस गर्दै थिए । मृत महिला हत्यारा युवकभन्दा उमेरमा २२ वर्ष जेठी थिइन् । अदालतमा सुनुवाइका क्रममा ती युवकले आफ्नो कुराले सबैलाई चकित पारेका छन् ।
वाल्दाइ शहरमा बस्ने २३ वर्षका दमित्री ल्यूचिनले यही वर्षको ८ मार्चमा हत्या गरेका थिए । पहिले उनले आफ्नी गर्लफ्रेण्ड ४५ वर्षकी ओल्गा बुदुनोभालाई रोमान्टिक ड्रिंक डेटको लागि घरमा बोलाएका थिए त्यसपछि उनको हत्या गरेका थिए । उनले मृतक महिलाको टाउकोमा वाइनको बोतलले प्रहार गर्दै उनको ज्यान लिएका थिए । त्यसपछि उनको टाउको फोरेर दिमाग निकालेर भुटेर खाए । खानुको साथसाथै उनी महिलाको रगत पनि पिइरहेका थिए ।
दमित्रीको छिमेकमा बस्ने २१ वर्षकी एलेक्जेन्ड्रा डेडोभाले अदालतमा बयान दिँदै बताइन् कि ओल्गाको हत्या गरेपछि दमित्रीले उनको रगतबाट ढोकामा शैतानको चिन्ह पनि बनाएका थिए । त्यसपछि उनले महिलाको पिठ्युँमा नङपालिसले गाली लेखे । छिमेकी युवतीका अनुसार दमित्री शैतानलाई बोलाउने कोसिस गरिरहेका थिए । यसको लागि उनले ५ मिनेट प्रतिक्षा पनि गरे तर शैतान प्रकट भएन । हत्यारा यहीँ रोकिएनन्, त्यसपछि उनले चक्कुले ओल्गाको पेट काटेर खोले त्यसपछि ओल्गाको कान काटे । यसबीचमा दमित्रीले एउटा कान पनि खाए ।
अदालतमा सुनुवाइको क्रममा अभियो पक्षका वकिलले भनेअनुसार दमित्रीलाई सिरियल किलरहरुको कहानी पढ्ने सोख छ । यही कहानीबाट प्रेरित भएर उनले योजनाबद्ध तरिकाले हत्या गरेका थिए । परीक्षणका क्रममा दमित्रीलाई मानसिक रुपमा स्वस्थ पाइएको थियो । नोभगोराद अदालतमा भएको सुनुवाइमा अदालतले उनलाई हत्यामा दोषी ठहर गर्दै १९ वर्षको जेल सजाय सुनाएको छ । पुलिसले सोधपुछ गर्दा दमित्रीले बताएका थिए कि एकपटक दिमागको स्वाद चाखेपछि उनलाई मिठो लाग्यो र फेरि पनि खाएका थिए ।
सजाय सुनाइएपछि दमित्रीले अदालतमा जे भने त्यो सुन्दा सबै दंग परेका थिए । उनले न्यायाधीशलाई भने ‘तपाइँलाई के लाग्छ तपाइँको अगाडि को छ ? एक मानसिक रोगी, हत्यारा वा नरभक्षी ? बिल्कुल होइन, कम शब्दमा भन्दा म एक विद्यार्थी, एक खेलाडी र एक कवि हुँ । बाँकी सब बकवास हो ।’ उनले अगाडि भने ‘अन्तिममा निकै सम्मानका साथ भन्छु तपाई समझदारीका साथ फैसला गर्नुहोस् र मलाई रिहा गरिदिननुहोस् । एक निर्दोष व्यक्ति जेल जानु हुँदैन ।’



