काठमाडौ ।मानिसको जीवन सफल हुनु र असफल हुनमा मुख्यता मानिसहरुले दुई तरिकाले मापन गर्ने गर्दछन् । यदि मानिस कुनै पनि कार्यका सफल हुन्छ भने हाम्रो समाजले त्यसलाई भाग्यमानीको संघा दिन्छ । तर असफल वा गरिब भएमा अभागी संघा दिन्छ ।
तर यसमा पनि मुख्यगरी पुरुष कै बढी नाम आउछ । किनभने हाम्रो पुरुष प्रधान देश भएकाले यस्तो भएको हो । यसै अनुसार समाजले कस्तो विशेषता भएको पुरुषलाई बढी अभागी मान्छ त । के भयो भने धेरै अभागी हेरौ , यो पृथक कुरा ,
चाणक्यका अनुसार , कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भने यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।
-त्यसैगरी दोस्रोमा ,कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन । यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ ।अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ ।
-र तेस्रो कुरो हो ,कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ । यदि यी तीन कुराले सधै पुरुषलाइृ कमजोर बनाउछ ।



