काठमाडौ । मानिसको जीवनमा कहिलेकाही अनेकै बाध्यताहरु रहेका हुन्छन् । कहिले सत्यको बदला झुटो पनि बोल्नु पर्ने हुन्छ । तर केही मानिसहरु हुन्छन् ,जहिले पनि झुट नै बोल्ने । यस्ता बानी भएका मानिसहरुले कहिल्यै पनि झुट लुकाउन सक्दैन् । त्यसैले त भनिन्छ ‘एउटा झूट कुरा लुकाउन सय झूट बोल्नुपर्छ । त्यसैले त सबैले यी ४ कुराहरु केही दिन लुकाएपनि सधै लुकाउन सक्दैनन् ।ती यस्ता कुराहरु रहेका छन् ।जुन कुरा पढेपछि तपाईलाइ साच्चै हो भन्ने लाग्छ ।
पहिलो कुरा हो मानिसले आफ्नो झूट कहिल्यै पनि लुकाउन सक्दैन् । महाभारतमा कर्णले परशुरामसँग आफू ब्राह्मण हुँ भनेर झूट बोलेका थिए। परशुरामले पनि कर्णलाई ब्राह्मण नै सोँचेर सबैप्रकारका शस्त्रअस्त्रका ज्ञान दिए । तर एकदिन कर्ण ब्राह्मण होइनन् भन्ने थाहा पाएपछि ‘सबैभन्दा बढि आवश्यक परेको बेला सबै शस्त्र अस्त्रको ज्ञान भुल्न परोस’ भनेर परशुरामले कर्णलाई श्राप दिएका थिए , नभन्दै महाभारतको युद्धमा अर्जुनसँग युद्ध गर्ने बेलामा कर्णले ती सबै शस्त्रअस्त्रको ज्ञान बिर्सिए र अर्जुनकै हातबाट उनको मृत्यु भएको थियो ।
त्यसैले त झूटले आफूलाई फाइदा गर्छ भनेर सोँच्नु मूर्खता हो । यो पनि थाहा पाउनुपर्छ कि आफूले बोलेको झूटले सदैव आफैलाई धोका दिन्छ । र केही दिन लुके पनि एक न एक दिन बाहिर आउछ ।
त्यसैगरी दोस्रोमा हो, छलकपट, यो पनि पनि धेरै समयसम्म लुकाएर राख्न सकिँदैन । एक न एक दिन त त्यसको नतिजा आफैँले भोग्नैपर्ने हुन्छ । यसको पनि छुट्टै विशेषता छ । उता दुर्योधन र उनका मामा शकुनीको धोका र छलकपटकै कारण महाभारतको युद्ध भएको थियो, जहाँ आफ्नै दाजुभाइको हत्या गर्नुपरेको थियो। ।कौरवहरूले पाण्डवहरूलाई पहिल्यै देखि नै सताउने काम गर्दथे, छलकपटको सिकार बनाउथे। अन्त्यमा पाण्डवहरूकै हातबाट कौरवहरूको मृत्यु भयो ।
त्यसैले त कर्म’ भनेको यस्तो कुरा हो, जसले तपाईँको हरेक कार्यलाई मध्यनजर गरिरहेको हुन्छ । तपाईँले राम्रो काम गर्नुभएको छ भने नतिजा पनि राम्रै आउँछ । तर गलत कामको फल कहिल्यै पनि राम्रो हुँदैन । त्यसैले त भनिन्छ , सेवा गरे मेवा मिल्छ ।
अर्को तेस्रोमा हो , हत्या, यो पनि कसैले जतिसुकै लुकाउनका लागी योजना बनाऊन् । तर हत्या गरेर लुकाएको केही समयपछि एकदिन हत्यारालाई सजाय अवश्य मिल्छ । जसरी तपाईँको जीवन अमूल्य छ, त्यसरी नै सबै प्राणीको जीवन अमूल्य हुन्छ । कसैको हत्या गर्नुलाई शास्त्रमा ‘अक्षम्य पाप’ भनिन्छ ।
त्यसैले हामीले सञ्चारमाध्यमहरुमा सुन्ने तथा देख्ने गर्दछौ , हत्या गरेर फरार रहेका यी ब्यक्ति २० वर्षपछि पक्राउ भनेर ।
त्यसैगरी चौथो हो ,जो अहङ्कार गर्नेे व्यक्ति हुन्छन्, उसले आफ्नो घमण्डको लागि कुनै पनि कुकर्म गर्न तयार हुन सक्छन । तर आफूलाई सज्जन बताउनका लागि उसले जतिसुकै प्रयास गरोस्, एकदिन उसको अहङ्कार सबैको सामुन्ने प्रकट भएरै छाड्दछन् । यस्तो ब्यक्तिलाई आफ्नो घमण्डले आफैलाई खाल्डोमा हाल्छ ।
उदाहरणको लागि रावणलाई लिन सकिन्छ, दुर्योधनलाई हेर्न सकिन्छ। उनीहरूले आफ्नो शक्तिको घमण्ड गरेकै कारण अन्त्यमा नष्ट भएर जानुपरेको थियो ।
त्यसैगरी एकदिन पाण्डव भिमलाई आफ्नो शक्तिप्रति घमण्ड जागेको थियो । तर हनुमानको शुद्ध वाणीको कारण उनले आफ्नो घमण्ड त्यागेका थिए । यी ४ कुरा त्यसैले त संसारमा मानव जगत देखि ठुल ठुला देवताहरुले पनि लुकाउन सकेको छैन् ।



