कसैको निधन हुँदा कसैलाई पनि राम्रो लाग्दैन। तर कोही व्यक्तिले नाच्दै गाउँदै गर्दा मृत्यु वरण गर्यो भने तपाइँ के भन्नुहुन्छ? यस्तै एक भिडियो यतिबेला समाजिक संजालमा भाइरल भइरहेको छ। जसमा एक अधबैंसे व्यक्ति डान्स गरिरहेका छन्। उनको उमेर कति हो भन्ने जानकारी नभएपनि उनको डान्स हेर्दा उनी धेरै उमेरका भने होइनन्।

यो भाइरल भिडियोमा उनी आफ्नो डान्समा मस्त भए र दर्शकलाई मनोरञ्जन दिलाइ रहे। उन फिल्मी गीत ‘बदन पर सितारे लपेटे हुए..’ मा डान्स गरिरहेका थिए। पहिला उनी एक युवतीसँग डान्स गर्दै थिए, पछि उनीसँग डान्स गर्न थप दुई जना महिला पनि आए। उनीहरुसँग डान्स गर्दागर्दै उनलाई हृदयघाट हुन्छ। र, हेर्दा हेर्दै उनको निधन हुन्छ।

यो भाइरल भिडियो देहरादुको भएको बताइन्छ। जुन करिव डेढ महिना पुरानो हो। यद्यपी ती व्यक्ति को थिए भन्ने विषयमा जानकारी प्राप्त नभएको भारतीय संचारमाध्यमले जनाएका छन्।

भिडियाे

https://youtu.be/5dAT5ehVfpE

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय