
वि.सं. २०७५ साल मंसिर १० गते,सोमबार,इश्वी सन् २०१८ नोभेम्बर २६ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलागा,मार्ग कृष्णपक्ष,तिथि– तृतीया, ७:०५ बजेदेखि चतुर्थी, २८:१७ बजेउप्रान्त पञ्चमी,नक्षत्र– आर्द्रा, १५:१८ बजेउप्रान्त पुनर्वशु,योग– शुभ, २६:३६ बजेउप्रान्त शुक्ल,करण– भद्रा, ७:०५ बजेदेखि वव, १८:०२ बजेपछि वालव, २८:५७ बजेउप्रान्त कौलव, आनन्दादिमा कालदण्ड योग,चन्द्रराशि– मिथुन,सूर्योदय– ६:३४ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी २१ पला।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर ११ गते,मंगलबार,इश्वी सन् २०१८ नोभेम्बर २७ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ कछलागा,मार्ग कृष्णपक्ष,तिथि– पञ्चमी, २६:४० बजेउप्रान्त षष्ठी,नक्षत्र– पुनर्वशु, १३:४७ बजेउप्रान्त तिष्य,योग– शुक्ल, २३:३२ बजेउप्रान्त ब्रह्म,करण– कौलव, १५:४९ बजेदेखि तैतिल, २६:४० बजेउप्रान्त गर, आनन्दादिमा स्थिर योग,चन्द्रराशि– मिथुन, ८:११ बजेउप्रान्त कर्कट, सूर्योदय– ६:३५ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी १९ पला।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,अनुकूल समय छ,आयआर्जन बढ्ने छ,माया/प्रेमको वातावरण बन्नेछ,आजको शुभ अंक ६ रहेको
छ ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चिन्ता र छटपटी बढ्न सक्छ,बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ,ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् ,आजको शुभ अंक १० रहेको छ ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
कमजोरीमाथि टिप्पणी हुन सक्छ,प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध राम्रो हुनेछ,दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ,मन खिन्न रहनेछ, राम्रै फाइदाको योग छ,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कठिन चुनौती सामना गर्नुपर्ला,दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,आत्म–विश्वासमा कमी आउने छ,आजको शुभ अंक ५ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, फुर्सदिलाहरूले अलमल्याउन सक्नेछन,धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ,आजको शुभ अंक ३ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
विचारले धेरैलाई आकर्षण गर्ने समय छ विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,धार्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला,आजको शुभ अंक १० रहेको छ ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ,समयले कोल्टे फेरेको छ,मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
शत्रुहरू बढ्नाले समस्या थपिएलान्, मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ,ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ,आजको शुभ अंक ९ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ, स्वास्थ्यमा सुधार आउने छ ,कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्य भने कमजोर रहला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ ,शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ,आजको शुभ अंक ११ रहेको छ ।
दिब्यज्योतिष बाट



