काठमाडौ । अहिले मङ्सिर महिना चलिरहदा यतिखेर सबैको घर तथा साथी भाइसगँ विहेको कुरो चलिरहेको होला । कसैलाई भविष्यको चिन्ता होला र पछि भन्नु भएको होला ,त कसैलाई हतारै भइसक्यो होला तयारी गदै हुनुहुन्छ होला तर कसै कसैलाई यो महिना निकै गाह्रो महिना भएको होला ।
किनकी घरमा हुर्केबढेका छोराछोरीलाई विवाहको लागि आमाबाबु बढी दबाब दिने गर्छन् । हाम्रो समाजमा खासगरी छोरीचेली हुर्के सँगै आमाबाबुको चिन्ता बढ्न थाल्छ । आमाबाबुले जतिसक्दो चाँडो छोरीको बिदाई गर्न चाहने परिपाटी छ । तर अहिले त्यो प्रवृति बदलिएको छ । त्यसैले त केटीले यस्तो बहाना बनाउछन् ।हेरौ
-पहिलो बहाना हो ,म अहिले पढ्न चाहन्छु ।
-म विदेश गएर पढ्न चाहन्छु र त्यसपछि विवाहको बारेमा सोचुंला ।
-अहिले म आफ्नो करियरमा ध्यान दिन चाहन्छु ।
– मलाई केटाहरुमा कुनै इन्टरेस्ट छैन ।म विवाह गर्न चाहन्न ।
-पहिला मलाई थोरै वजन कम गर्न दिनुस् । त्यस पछि म विवाहको बारेमा सोच्नेछु ।
-मलाई खाना बनाउन आउँदैन् । पहिला म खाना बनाउन सिक्छु ।
-कुनै केटाले पनि मलाई मन पराउँदैन् ।
-मैले अहिलेसम्म आफ्नो पुरानो प्रेमलाई भुल्न सकिरहेको छैन ।
-अहिले म आफ्नो लागि मात्र बाँच्न चाहन्छु ।
– म अहिले पैसा कमाउन चाहन्छु ।
-म आफ्नो आमाबाबुलाई छाडेर कहीं पनि जान्न ।
यस्ता बाहानाले टार्ने यो अहिलेको हरेक घरको केटीको तरिका नै हो । त्यसैले त भनिन्छ ,चाहनाले नचलेपनि बहाननले चलनुपर्छ ।



