काठमाडौ । के तपाईहरुको श्रीमान श्रीमती बीच झगडा भइरहन्छ ? त्यसोभए त्यसमा विभिन्न कारणहरु हुन सक्छन् । त्यसका लागी दुवै जना शारिरिक ,मानसिक र संवेगात्मक हिसाबले मजबुत हुनुपर्छ । यदि यस्तो भएन् भने पनि झगडा हुन्छ ।तर कहिकाही सानो कुरामा पनि रिसाउनु, बहाना बनाउने बानी हुनुले सम्बन्धमा खट्पट आउन थाल्दछ । यसका लागी सानो कुरालाई सामान्य तरिकाले लिनुपर्छ ।
तर ज्योतिषका अनुसार गुरु ग्रहको विवाहका कारण ग्रह मानिने गरिन्छ । विवाहको स्थान, जन्म पत्रिकाको सप्तम स्थान हुने गर्द छ। कुण्डलीमा यसको स्थान यदी सूर्य, गुरु, राहु, मंगल, शनि जस्ता ग्रह भएका वा यी स्थानमा यिनको दृष्टी भएमा वैवाहिक जीवन सुखी हुन नसक्ने बताएका छन् । यदि यस्तो भएमा यो कार्यहरु गर्नुस् , सबै ठिक हुन्छ
-पहिलो तरिका हो ,पति पत्नीले आफ्नो झगडाबाट बच्नका लागि सोमबार एकसाथ भगवान शिवको पुजा आरधना गर्नु भएमा तपाईको सम्बन्धमा सुधार आउन सक्छ ।
-त्यसैगरी ,यदी पती पत्नीबीच झगडा भइरहन्छ भने पत्नीले पतिलाई नसोधेर पति सुत्ने ओछ्यानको मुनी सिन्दुरको डिब्बा राखिदिनु पर्दछ । त्यसपछि बिहान उठेर उक्त डिब्बाको सिन्दुर लगाउने गर्यो भने पनि तपाईको कुण्डलीको दोष मेटिन सक्छ ।
-त्यस्तै अर्को कुरा ,विवाहित जोडिले हरेक बिहान सुर्यलाई जल चढाउने गर्यो भने पनि तपाईबीच हुने गरेको झगडा प्रेममा परिनत हुन थाल्दछ ।
-र अन्तिम तरिका हो ,यति तपाई पति पत्नीबीच प्रेम बढाउन चाहनुहुन्छ भने तपाईले लगाउने गरेको सिन्दुरको डिब्बामा एउटा गौमती चक्र राख्नु पर्दछ । किनकी उक्त चक्रलाई शुभ मानिने गरिन्छ।



