
जय गुरु देव !! नारायण !! जय भोले बाबा !! जय माँ दुर्गा !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
अाजको- पञ्चाङ्ग
आजको राशिफल वि.सं. २०७५ साल मंसिर १७ गते, सोमबार, इश्वी सन् २०१८ डिसेम्बर ३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलागा,मार्ग कृष्णपक्ष,तिथि– एकादशी, १४:१२ बजेउप्रान्त द्वादशी,नक्षत्र– चित्रा, २८:२५ बजेउप्रान्त स्वाती,योग– सौभाग्य, २७:३४ बजेउप्रान्त शोभन,करण– वालव, १४:१२ बजेदेखि कौलव, २५:३४ बजेउप्रान्त तैतिल,आनन्दादिमा मुद्गर योग,चन्द्रराशि– कन्या, १६:४१ बजेउप्रान्त तुला,सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ०७ पला।व्रत/पर्व उत्पत्तिका एकादशी व्रत,विश्व अपाङ्ग दिवस।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर १८ गते,मंगलबार,इश्वी सन् २०१८ डिसेम्बर ४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलागा,मार्ग कृष्णपक्ष,तिथि– द्वादशी, १३:०३ बजेउप्रान्त त्रयोदशी, नक्षत्र– स्वाती, २८:१० बजेउप्रान्त विशाखा,योग– शोभन, २५:३८ बजेउप्रान्त अतिगण्ड,करण– तैतिल, १३:०३ बजेदेखि गर, २४:३८ बजेउप्रान्त वणिज,आनन्दादिमा ध्वज योग,चन्द्रराशि– तुला, सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ०५ पला। प्रदोष व्रत।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ,काल्पनि तथा भावुक तपाईको स्वभाबको फाइदा उठाउनेहरू बढी हुनेछन विद्या, भाग्य,सकारात्मक सोचका साथ बढ्ने छ,आजको शुभ अंक- १२ रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला, व्यवसायमूलक भ्रमण गर्ने समय छ,फसिने डरले सताउन सक्छ,समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना छ, आजको शुभ अंक-६ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ,गोपनीयतामा ध्यान दिनुहोला,राजनीति,समाजसेवा,पद–प्रतिष्ठा,जागिरमा पदोन्नती ,सफलता मिल्ने खालको रहेको छ,आजको शुभ अंक- ९ रहेको छ ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विरोधीहरू बढ्नाले आँटेका काममा केही चुनौती देखापर्ने सम्भावना छ,स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ,अर्थ अभावले पनि आँटेको काम स्थगित हुन सक्छ,आजको शुभ अंक- ११ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्मकर्ममा मन जाला,सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,स्थायी सम्पत्तिमा केही विवाद आउला,आफ्नो क्षेत्रमा अरूको प्रभाव बढ्न सक्छ,विश्वास गुम्ने सम्भावना छ,आजको शुभ अंक – ४ रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा विलम्ब र खर्च बढ्ने योग छ,अरूको स्वार्थका लागि सञ्चित धन खर्चनुपर्ला,सुरुमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ, घरायसी समस्या आउछ,आजको शुभ अंक -५ रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानी को दिगो स्रोत जुट्न सक्छ,मान र विद्या प्राप्त हुने समय छ,विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ,आजको शुभ अंक- ८ रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उद्योग–धन्दामा विशेष सफलता पाइनेछ,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,राजनीति, समाजसेवा,अध्ययन, शिक्षा,वैदेशिक सम्बन्ध, पारिवारिक तथा दाम्पत्य सम्बन्ध सफलता देखिन्छ,आजको शुभ अंक – ६ रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्, परिस्थितिको बन्धनमा परिने समय छ,हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ,आजको शुभ अंक – १० रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मान–सम्मान बढ्नुका साथै प्रतिष्ठित कामको जिम्मेवारी पाइएला,सहयोगीहरूको माध्यमले महत्वपूर्ण काम बन्न सक्छ,आजको शुभ अंक -७ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
तर्कशक्ति बढ्नेछ भने काममा उत्साहजनक सफलता मिल्ने समय छ,दोषी तथा कमसल,विपरित पर्नसक्ने सम्भावना टड्कारो देखिएको छ,आजको शुभ अंक -७ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
वैचारिक क्षमता बढ्नेछ,अरूको भरपर्ने समय छैन,आफन्तबीच अविश्वास बढ्ला, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला,प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ,आजको शुभ अंक- ८ रहेको छ ।



