
मेष राशिः घरपरिवारको सहयोग मिल्ला । मित्रजनबाट सुख तथा सुविधा प्राप्त होला । समयले साथ दिनेछ ।
वृष राशिः व्यर्थ खर्च होला । मनमा पिर पर्ला । नजिकका मानिससँग विवाद होला ।
मिथुन राशिः अतिथि सेवा गर्ने मौका पाइएला । शुभ समाचार प्राप्त होला । मनमा हर्ष रहला । दिन राम्ररी बित्ने छन् ।
कर्कट राशिः मानसम्मान प्राप्त होला । धनलाभ होला । व्यवसायमा सफलता प्राप्त होला । शुभ कार्य थालनी होला ।
सिंह राशिः प्रशासनिक क्षेत्रबाट झमेला व्यहोर्नु पर्ला । धन नाश होला । पुत्र तथा परिवारबाट धोका होला । यात्राको सम्भावना रहला । गरेका काम बिग्रनाले चिन्ता पर्ला ।
कन्या राशिः आर्थिक संकट पर्ला । मनमा चिन्ता पर्ला । थालेका काम बिग्रेलान् । शत्रुले बाधा गर्लान् । झन्झटलाग्दो यात्रा होला ।
तुला राशिः विपरीत लिंगीबाट सहयोग प्राप्त होला । नसोचेका काम बन्लान् । यात्राबाट लाभ होला । व्यापार व्यवसायबाट पनि लाभ होला ।
वृश्चिक राशिः विपक्षी निष्क्रिय रहलान् । धन तथा बस्त्र लाभ होला । काम गर्नेका लागि दिन सफल रहला । मानसम्मान प्राप्त होला । शुभ कामको थालनी होला ।
धनु राशिः काम बिग्रिएला । परिवारबाट सामान्य सहयोग प्राप्त होला । चिताएका काम अपूरा होलान् । पठनपाठनमा रुचि नहोला ।
मकर राशिः पारिवारिक झमेलामा परिएला । धन नाश होला । अपमान सहनु पर्ला । मन बेचैन रहला ।
कुम्भ राशिः धन आगमन होला । साथी सहकर्मीको सुख प्राप्त होला । नसोचेका ठाउँमा अपरिचित व्यक्तिबाट सहयोग मिल्ला । धन लाभ होला । सम्मान पुरस्कार प्राप्त होला ।
मीन राशिः आफन्तबाट धोका होला । पठनपाठनमा अरुचि होला । मनमा असन्तोष रहला । आलस्यताले काम बिग्रिएला ।



