फुटबल खेल चलिरहेकै बेला किपर बनेर कुकुरले गोल हुनबाट जोगाएको कतै सुन्नु भएको छ ? अर्जेन्टिनाको घरेलु लिगमा यस्तै एउटा अनौठो घटना भएको छ ।
यो अनौठो घटना अर्जेन्टिनाको तेस्रो डिभिजनको लिग फुटबलमा भएको हो । जुभेन्टुड युनिडा डी गुआलागुएचु र डेफेन्सोरेस डी बेल्ग्रनो डी भिल्ला रामाल्लोबीच खेल चलिरहेको थियो । डेफेन्सोरेसका किपरले बल नियन्त्रणमा लिएर डिफेन्डरलाई दिएको पास जुभेन्टुडका फरवार्डले खोस्दै बललाई पोष्टतर्फ प्रहार गर्छन् ।
किपर निकै अगाडि बढिसकेको हुदा पोष्ट खाली थियो । बल गोलमा परिणत हुने निश्चित देखेर जुभेन्टुडका खेलाडी ढुक्क हुन्छन् तर यसपछि भने अचम्मको घटना हुन पुग्छ ।
जुभेन्टुका फरवार्डले प्रहार गरेको त्यो बल गोल लाइन नजिकैबाट एक्कासी दौडिदै आएको कुकुरलाई लागेर बाहिरिन्छ । सुन्दा अचम्म लाग्ने तर वास्तविक घटना देखेर सबै छक्क पर्छन् । यो खेलमा जित भने जुभेनटुड कै भएको छ ।
हेर्नुहोस् भिडियो
https://youtu.be/AJ6EUXeAyQQ



