
मेष राशिः काम गर्दागर्दै पनि असफल भइएला । मानसिक असन्तोष बढ्ला । अनावश्यक झमेलाले शरीर अस्वस्थ रहला । पठनपाठन क्षेत्र कमजोर बन्ला ।
वृष राशिः सहयोगीबाटै असहयोग होला । पठनपाठन क्षेत्रमा कमजोर होला । अशुभ समाचार सुन्नुपर्ला । मनमा असन्तोष बढ्ला । शरीरमा आलस्यता महसुस होला ।
मिथुन राशिः दिन केही सुखद रहला । मनोरञ्जनात्मक क्षेत्रमा खर्च होला । सम्मान प्राप्त होला । मनमा उत्साह बढ्ला । नयाँ कामको योजना बन्ला । साथीभाइले सहयोग गर्लान् ।
कर्कट राशिः मानसम्मान प्राप्त होला । धनलाभ होला । कार्य व्यवसायमा सफलता प्राप्त होला । शुभकार्यको थालनी होला ।
सिंह राशिः समय प्रतिकूल रहला । स्थान परिवर्तन गर्नुपर्ला । राज्य पक्षबाट सहयोग नहोला । आम्दानी भन्दा खर्च बढी होला । धैर्यपूर्वक गरेका काम मात्र सफल होलान् ।
कन्या राशिः विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । आँटेका काम सफल होलान्, मानसम्मान प्राप्त होला । धान, मालबस्तु लाभ होला । मनमा हर्ष बढ्ला ।
तुला राशिः राज्यपक्षबाट भय होला । स्थान परिवर्तन गर्नुपर्ला । घरपरिवारसँग मनमुटाव होला । मानसिक चिन्ता पर्ला । आकस्मिक धन हानी होला ।
वृश्चिक राशिः घर परिवारबाट झमेला बेहोर्नुपर्ला । झैझगडा पर्ला । रोगको भय रहला । शत्रुले बाधा गर्लान् । शारीरिक पीडाले सताउला ।
धनु राशिः नयाँ काम थालनी होला । आर्थिक लाभ होला । साथी सहकर्मीबाट साथ र सहयोग प्राप्त होला । सोचेका काम बन्लान् । मनमा प्रशन्नता बढ्ला ।
मकर राशिः धनलाभ होला । मनमा शान्ति छाउला । मानसम्मान वृद्धि होला । मनमा हर्ष छाउला ।
कुम्भ राशिः मनमा चिन्ता पर्ला । आफन्तबाट साथसहयोग पाइएला । पठनपाठनमा आलस्यता होला । मानसिक अशान्ति बढ्ला ।
मीन राशिः स्वास्थ्यमा समस्या पर्ला । धन नाश होला । व्यर्थको विवादमा पर्नु पर्ला । आर्थिक संकट बेहोर्नु पर्ला । मानसिक तथा शारीरिक पीडाले सताउला । मानसम्मानमा वृद्धि होला ।



