अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर २४ गते,सोमबार,इश्वी सन् २०१८ डिसेम्बर १० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष,तिथि– तृतीया, १६:१६ बजेउप्रान्त चतुर्थी,नक्षत्र– पूर्वाषाढा, १०:०५ बजेउप्रान्त उत्तराषाढा,योग– वृद्धि, २१:५२ बजेउप्रान्त ध्रुव,करण– गर, १६:१६ बजेदेखि वणिज, २९:१५ बजेउप्रान्त भद्रा,आनन्दादिमा उत्पात योग, चन्द्रराशि– धनु, १६:४० बजेउप्रान्त मकर,सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २५ घडी ५७ पला। मानव अधिकार दिवस।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर २५ गते, मंगलबार,इश्वी सन् २०१८ डिसेम्बर ११ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष,तिथि– चतुर्थी, १८:१७ बजेउप्रान्त पञ्चमी,नक्षत्र– उत्तराषाढा, १२:३० बजेउप्रान्त श्रवण, योग– ध्रुव, २२:१९ बजेउप्रान्त व्याघात,करण– भद्रा, १८:१७ बजेदेखि वव, ३१:११ बजेउप्रान्त वव,आनन्दादिमा मानस योग,चन्द्रराशि– मकर, सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ५५ पला। व्रत/पर्व-मंगल–चौथी व्रत।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राम्रै फाइदाको योग छ,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,रोकिएका काम सम्पादन हुनेछन्,पठन–पाठनमा प्रगति हुनेछ,अरूको फाइदाका लागि उपयोग भइनेछ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
आत्म–विश्वासले ठूलो फाइदा उठाउन सकिनेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,उद्योग र व्यापारमा निकै फाइदा हुनेछ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,दण्ड वा जरिवानामा परिने सम्भावना छ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामान्य आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने योग छ,आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने अवसर प्राप्त हुनेछ, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,आजको शुभ अंक २ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
कीर्तिमानी काम गर्ने समय छ,प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्,थोरै आर्जनमा चित्त बुझाउनुपर्ला,आजको शुभ अंक १ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
आस मारेको कामले सकारात्मक मोड लिने सम्भावना छ, लगनशीलताले ठूलो काम सम्पादन हुन सक्छ,आफ़्नाका लागि गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ,मातापिताको सहयोग प्राप्त होला,आजको शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
आम्दानी प्रशस्तै बढ्नेछ, नयाँ सवारी साधन प्राप्तिको योग छ,भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ,परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,आफन्तबाट समेत टाढिनुपर्ने समय छ,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
टाढाको यात्रा सम्भावना छ, घरमा सुख-सम्पत्ति प्राप्त हुने योग छ, चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ,सहयोगी जुटाउन नसकिएला,आजको शुभ अंक १० रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ,महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्, आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।

‘ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च।
ग्रहैर्व्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम्।।’

_दिब्य ज्योतिष बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah