आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर २८ गते,शुक्रबार,इश्वी सन् २०१८ डिसेम्बर १४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष, तिथि– सप्तमी, २४:३३ बजेउप्रान्त अष्टमी,नक्षत्र– शतभिषा, २०:०९ बजेउप्रान्त पूर्वभाद्रपदा, योग– वज्र, २३:४२ बजेउप्रान्त सिद्धि,करण– गर, ११:३६ बजेदेखि वणिज, २४:३३ बजेउप्रान्त भद्रा,आनन्दादिमा सौम्य योग, चन्द्रराशि– कुम्भ,सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ५३ पला। पञ्चक।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर २९ गते,शनिबार, इश्वी सन् २०१८ डिसेम्बर १५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष,तिथि– अष्टमी, २६:१० बजेउप्रान्त नवमी,नक्षत्र– पूर्वभाद्रपदा, २२:१८ बजेउप्रान्त उत्तरभाद्रपदा,योग– सिद्धि, २३:४९ बजेउप्रान्त व्यतीपात,करण– भद्रा, १३:२४ बजेदेखि वव, २६:१० बजेउप्रान्त वालव,आनन्दादिमा कालदण्ड योग,चन्द्रराशि– कुम्भ, १५:४८ बजेउप्रान्त मीन,सूर्योदय– ६:४८ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २५ घडी ५२ पला। पञ्चक।व्रत/पर्व- अष्टमी व्रत,गोरखकाली पूजा,बखुमद,मार्ग मसान्त।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला,हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला,परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,आजको शुभ अंक ७ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरखर्च बढ्नुका साथै व्यापारमा अलि मन्दी आउने देखिन्छ, प्रयत्न गर्दा रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ, रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ,काममा लगानी बढाउन सकिनेछ,आजको शुभ अंक १ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ,पारिवारिक असमझदारीले केही समस्या आउन सक्छन्,आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्न सक्छन्,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्,काममा प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्ने चेष्टा गर्नेछन्,सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्,आजको शुभ अंक ९ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ,मेहनतले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्,समाजमा कीर्ति बढ्ने काम पनि सम्पादन होला,प्रयत्न गर्दा कृषि र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक २ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मान–सम्मान वा पद–प्रतिष्ठा पाइने समय छ,उद्योग–धन्दामा विशेष सफलता पाइनेछ,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला,ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,टाउको र आँखाको समस्याले दुःख दिन सक्छ,आजको शुभ अंक १० रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने समय छ,कृषि तथा पशुधनबाट विशेष फाइदा पुग्नेछ,विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला,आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
दौडधुप र प्रयत्नले मात्र काम नबन्न सक्छ,ठूलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन्,सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला,नजिकका साथीभाइ टाढिनेछन्,आजको शुभ अंक ३ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
उत्साहजनक समाचार सुन्न पाइनेछ,प्रेम र मित्रताको बन्धन कसिने बेला छ,प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ, जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ,कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ,आजको शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भौतिक साधन समेत जुट्ने समय छ,खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ,भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ,सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ,बन्धुबान्धव तथा गुरुजनबाट अलि टाढिनुपर्ला,कामको दायित्व बढ्नेछ,आजको शुभ अंक १० रहेको छ।

‘ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च।
ग्रहैर्व्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम्।।’
-दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah