आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर २९ गते,शनिबार, इश्वी सन् २०१८ डिसेम्बर १५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष,तिथि– अष्टमी, २६:१० बजेउप्रान्त नवमी,नक्षत्र– पूर्वभाद्रपदा, २२:१८ बजेउप्रान्त उत्तरभाद्रपदा,योग– सिद्धि, २३:४९ बजेउप्रान्त व्यतीपात,करण– भद्रा, १३:२४ बजेदेखि वव, २६:१० बजेउप्रान्त वालव,आनन्दादिमा कालदण्ड योग,चन्द्रराशि– कुम्भ, १५:४८ बजेउप्रान्त मीन,सूर्योदय– ६:४८ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २५ घडी ५२ पला। पञ्चक।व्रत/पर्व- अष्टमी व्रत,गोरखकाली पूजा,बखुमद,मार्ग मसान्त।

भोलिको- पञ्चाङ्ग
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्,गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ,असमझदारी बढ्न सक्छ,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काममा चुनौती देखापर्न सक्छन्,धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ, सजग रहनुहोला,अवसरको खोजीमा दौडधुप गर्नुपर्ला,ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्,नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने देखिन्छ,मान–सम्मान वा पद–प्रतिष्ठा पाइने समय छ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,राम्रै फाइदाको योग छ,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,केही दण्ड–जरिवाना पनि सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नजिकका साथीभाइ टाढिनेछन् भने टाढाका साथीभाइसँग मित्रता बढ्नेछ,लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला,दौडधुप र प्रयत्नले मात्र काम नबन्न सक्छ,आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सचेत रहनुहोला,टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ,काममा सहयोगीले साथ दिनेछन्,शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आस मारेको काम बन्नाले उत्साह भने जाग्नेछ, महत्वपूर्ण काममा केही व्यवधानहरू देखा पर्नेछन्,घरखर्च बढ्नुका साथै व्यापारमा अलि मन्दी आउने देखिन्छ,आजको शुभ अंक १ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
घरमा मंगलमय कार्य सम्पादन हुनेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ,भौतिक साधन समेत जुट्ने समय छ,खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ,आजको शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
प्रयत्न गर्दा कृषि र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा उठाउन सकिनेछ,विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ,आजको शुभ अंक २ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कामको दायित्व बढ्नेछ,केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ,धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ,आजको शुभ अंक १० रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिने सम्भावना छ,उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले भने सताउन सक्छ,उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने समय छ,आजको शुभ अंक ११ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ,कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ,परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ,उत्साहजनक समाचार सुन्न पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।

‘ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च।
ग्रहैर्व्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम्।।’

दिब्य ज्योतिश बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah