आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २ गते,सोमबार,इश्वी सन् २०१८ डिसेम्बर १७ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष, तिथि– दशमी, २८:०२ बजेउप्रान्त एकादशी,नक्षत्र– रेवती, २५:२० बजेउप्रान्त अश्विनी,योग– वरियान्, २३:०१ बजेउप्रान्त परिघ,करण– तैतिल, १५:४५ बजेदेखि गर, २८:०२ बजेउप्रान्त वणिज,आनन्दादिमा मातंग योग,चन्द्रराशि– मीन, २५:२० बजेउप्रान्त मेष, सूर्योदय– ६:४९ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २५ घडी ५१ पला। पञ्चक २५:२० बजे समाप्ति। कीर्तिपुरमा इन्द्रायणी यात्रा।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस ३ गते,मंगलबार, इश्वी सन् २०१८ डिसेम्बर १८ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष,तिथि– एकादशी, २८:१३ बजेउप्रान्त द्वादशी,नक्षत्र– अश्विनी, २६:०६ बजेउप्रान्त भरणी,योग– परिघ, २२:०२ बजेउप्रान्त शिव,करण– वणिज, १६:११ बजेदेखि भद्रा, २८:१३ बजेउप्रान्त वव,आनन्दादिमा अमृत योग,चन्द्रराशि– मेष, सूर्योदय– ६:५० बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २५ घडी ५० पला,सर्वार्थसिद्धि योग १६:११ बजेसम्म।व्रत/पर्व- मोक्षदा एकादशी व्रत,गीता जयन्ती।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला, एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ,घरमा मंगलमय कार्य सम्पादन हुनेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ,आजको शुभ अंक २ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ,बन्धुबान्धव तथा गुरुजनबाट अलि टाढिनुपर्ला,उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने समय छ,कृषि तथा पशुधनबाट विशेष फाइदा पुग्नेछ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
राम्रै फाइदाको योग छ,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ, केही दण्ड–जरिवाना पनि सम्भावना छ,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ, उत्साहजनक समाचार सुन्न पाइनेछ, कामको दायित्व बढ्नेछ,केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ,आजको शुभ अंक ६ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ,ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्, काममा चुनौती देखापर्न सक्छन्,धनमाल हराउने,चोरिने वा ठगीमा परिने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नजिकका साथीभाइ टाढिनेछन् भने टाढाका साथीभाइसँग मित्रता बढ्नेछ,लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला,आस मारेको काम बन्नाले उत्साह भने जाग्नेछ, महत्वपूर्ण काममा केही व्यवधानहरू देखा पर्नेछन्,आजको शुभ अंक १ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले भने सताउन सक्छ,पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ,परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ,धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ,आजको शुभ अंक ११ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्,काममा प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्ने चेष्टा गर्नेछन्,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
शत्रुबाधा,मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ,प्रयत्न गर्दा रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ, रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ,काममा लगानी बढाउन सकिनेछ,न्,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मान–सम्मान वा पद–प्रतिष्ठा पाइने समय छ,उद्योग–धन्दामा विशेष सफलता पाइनेछ,खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ,मेहनतले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्, समाजमा कीर्ति बढ्ने काम पनि सम्पादन होला,आजको शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठूलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन्,सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला,पारिवारिक असमझदारीले केही समस्या आउन सक्छन्,आजको शुभ अंक ३ रहेको छ।

‘ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च।
ग्रहैर्व्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम्।।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah