अमेरिकाको कन्सास राज्यमा आफूसँग अनुहार मिलेपछि एक व्यक्तिले १७ वर्ष सम्म जेलको सजाय भोग्नु परेको खबर सार्वजानिक भएको छ ।
अनुहार मिलेको निर्दोष व्यक्तिको नाम हो, रिचर्ड एन्थोनी जोन्स ।
सत्र वर्षपछि वास्तविक अपराधी पत्ता लागेको हो । वास्तविक अपराधीले आफूले गरेको अपराधलाई स्वीकारको छ ।
कन्सासका अटर्नी जनरल डेरेक स्मिटले हामीबाट वास्तविक अपराधी पक्राउ गर्ने क्रममा गल्ती भएकोमा दुःख व्यक्त गरे । वास्तविक अपराधी हुन्, रिकी ली अमोस ।
अदालतले जोन्स निर्दोष भएको प्रमाणपत्र जारी गरी उनलाई क्षतिपूर्तिस्वरुप १.१ मिलियन डलर (झण्डै नेपाली २ करोड रुपैयाँ) दिइने बताइएको छ ।
जोन्सले आफू निर्दोष साबित भएपछि गत वर्ष १.१ मिलियन डलर क्षतिपूर्ति माग्दै अदालतमा निवेदन दिएका थिए,
सन् १९९९ मा रिकीले रोल्याण्ड पार्क्स्थित वोलमार्टको पार्किङमा एक महिलाको पर्स खोस्ने कोसिस गरेका थिए, पर्स खोस्ने क्रममा ती महिलाले
रिकीसगँ झगडा गरिन् । महिलाले पर्सलाई जोगाउन सफल भएपनि मोबाइल भने जोगाउन सकिनन् । रिकीले मोबाइल चोरेर भागेको थियो ।
त्यहाँका प्रत्यक्षदर्शीले चोरको नाम रिकी बताए थिए । चोरको कारमा लेखिएको नम्बर र लाइसेन्स नम्बर पुलिसलाई दिएको थियो ।
पुलिसले अनुसन्धानको क्रममा ड्राइभरले जोन्सलाई रिकीको रुपमा पहिचान गरेका हुन् । किनकि उनीहरुको दुईको अनुहार उस्तै थियो ।
लुट्ने कोसिस भएको दिन जोन्स आफ्नो गर्लफ्रेण्डको जन्मदिनको पार्टीमा थिए । भोलिपल्ट जोन्स गर्लफ्रेण्डसँग फिल्म हेर्न गएको बेला जाँचको क्रममा जोन्सको अनुहारको साथमा पुरानो आपराधिक रेकर्ड भेटिएपछि अदालतले १९ वर्षको जेल सजाय सुनायो थियो ।
जोन्सले कन्सास युनिभर्सिटीको प्रोजेक्ट अफ इनोसेन्समा न्यायको लागी निवेदन दिएका थिए । प्रोजेक्टको टिमले वास्तविक अपराधी जोन्ससँग अनुहार मिल्ने रिकी लीलाई खोजीकार्य सुरु गरी
रिकी र उनीसँग सम्बन्धित दस्तावेजलाई अदालतमा पेश गरे ।
जोन्सको विरुद्ध बयान दिएकालाई पुनः सोधपुछ गर्ने क्रममा चोर पत्ता लागेको हो । सुधपुछ गर्दा बयान दिनेले जोन्स नै संलग्न भएको यकिनका साथ भन्न सकेनन् ।



