आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस १५ गते, आइतबार,इश्वी सन् २०१८ डिसेम्बर ३० तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– अष्टमी, ७:०२ बजेदेखि नवमी, २९:३३ बजेउप्रान्त दशमी,नक्षत्र– हस्त, १३:०३ बजेउप्रान्त चित्रा,योग– शोभन, ११:४८ बजेउप्रान्त अतिगण्ड,करण– कौलव, ७:०२ बजेदेखि तैतिल, १८:१५ बजेपछि गर, २९:३३ बजेउप्रान्त वणिज, आनन्दादिमा मानस योग,चन्द्रराशि– कन्या, २४:३८ बजेउप्रान्त तुला,सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २५ घडी ५३ पला। तमू ल्होछार।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस १६ गते,सोमबार,इश्वी सन् २०१८ डिसेम्बर ३१ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– दशमी, २८:२७ बजेउप्रान्त एकादशी,नक्षत्र– चित्रा, १२:१९ बजेउप्रान्त स्वाती,योग– अतिगण्ड, ९:२६ बजेउप्रान्त सुकर्मा,करण– वणिज, १६:५७ बजेदेखि भद्रा, २८:२७ बजेउप्रान्त वव,आनन्दादिमा मुद्गर योग,चन्द्रराशि– तुला, सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २५ घडी ५४ पला। दिशिपूजा। सन् २०१८ समाप्ति।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,दाम, नाम,इनाम हात पर्ने बेला छ,योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ८ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ,भूमि तथा मातृधनबाट लाभ लिने समय छ,सुखद समाचारले अझ उत्साह बढ्नेछ,नयाँ ज्ञान सिक्ने मौका छ,आजको शुभ अंक १ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
अलंकार आदि उपहार पाइने योग छ,प्रतिष्ठित काम गर्ने मौका छ,आत्म–विश्वास बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ,पढाइमा प्रगति हुनेछ,आजको शुभ अंक ११ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,महत्वाकांक्षी योजना फलीभूत होलान्,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आजको शुभ अंक २ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जिम्मेवारी भने बढिरहनेछन्,बाध्यतापूर्ण काममै समय बित्न सक्छ,सजिलै काम बन्नाले उत्साह जाग्नेछ,गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला,आस मारेको कामले उत्साह जगाउनेछ,आजको शुभ अंक ६ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धैर्यले काम लिने समय छ,व्यापारमा भने कम मात्र फाइदा होला,आम्दानी पनि राम्रै हुनेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
शोख पूरा गर्नमा खर्च हुनेछ,तापनि, मौकाको फाइदा लिन सकिनेछ,शत्रु र रोगबाट छुटकारा मिल्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, पारिवारिक जमघटमा मन रमाउनेछ,आजको शुभ अंक ३ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ,धैर्यले काम लिने समय छ,वारीमा समेत सावधानी अपनाउनु पर्नेछ,स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ,काम बिग्रने डरले पनि सताइरहनेछ,आजको शुभ अंक १० रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, ठूला व्यक्तिबाट काममा बाधा हुनेछ,सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्,आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्,आजको शुभ अंक ९ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला, चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ,भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ,ठूलै फाइदाको आश्वासन पनि पाइनेछ,आजको शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ,एउटै कामबाट दोहोरो लाभ मिल्नेछ,गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ,फजुल खर्च बढ्न सक्छ,साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ,आजको शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ, भाग्यले नसोचेको फाइदा समेत दिलाउन सक्छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ७ रहेको छ।
दिब्य ज्योतिस बाट



