आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २० गते,शुक्रबार,इश्वी सन् २०१९ जनवरी ४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– चतुर्दशी, २८:५२ बजेउप्रान्त औंसी,नक्षत्र– ज्येष्ठा, १३:४६ बजेउप्रान्त मूल,योग– वृद्धि, २६:५१ बजेउप्रान्त ध्रुव,करण– भद्रा, १६:२२ बजेदेखि शकुनि, २८:५२ बजेउप्रान्त चतुष्पद,आनन्दादिमा चर योग,चन्द्रराशि– वृश्चिक, १३:४६ बजेउप्रान्त धनु,सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२० बजे र दिनमान २५ घडी ५८ पला। दिशिचह्रे पूजा।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २१ गते,शनिबार,इश्वी सन् २०१९ जनवरी ५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– औंसी, ३०:१३ बजेउप्रान्त प्रतिपदा,नक्षत्र– मूल, १५:२१ बजेउप्रान्त पूर्वाषाढा,योग– ध्रुव, २६:४१ बजेउप्रान्त व्याघात,करण– चतुष्पद, १७:३० बजेदेखि नाग, ३०:१३ बजेउप्रान्त किंस्तुघ्न,आनन्दादिमा गद योग,चन्द्रराशि– धनु, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२१ बजे र दिनमान २५ घडी ५९ पला। व्रत/पर्व-औंसी। स्नान–दान गर्ने, हलो बार्ने औंसी। विष्णुपादुका, वराहक्षेत्र, गोकर्ण, वेत्रावती आदि तीर्थक्षेत्रमा स्नान-दान तथा श्राद्ध। गया मौनी तथा पौषी औंसी।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
उत्साहमा अलि कमी आउला,स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काम बिग्रने डरले पनि सताइरहनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ, अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ,सोचेको लाभ नमिल्न सक्छ,तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ,आजको शुभ अंक ४ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मन पर्ने वस्त्र,व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, ठूला व्यक्तिबाट काममा बाधा हुनेछ,भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पढाइमा प्रगति हुनेछ, आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,आजको शुभ अंक ११ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,महत्वाकांक्षी योजना फलीभूत होलान्,शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ, आम्दानी बढ्नेछ,आजको शुभ अंक २ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, मुद्दा–मामिलामा विजयी भइनेछ,व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,आजको शुभ अंक १ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,शत्रुहरू किनारा लाग्नेछन्, प्रतिस्पर्धामा पनि विजयी भइनेछ,सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्,आजको शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
केही दण्ड–जरिवाना पनि सम्भावना छ,जिम्मेवारी भने बढिरहनेछन्,बाध्यतापूर्ण काममै समय बित्न सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गोपनीयतामा ध्यान पुर्याउनुहोला,ठूलै फाइदाको आश्वासन पनि पाइनेछ,तर यथार्थमा लाभ भने कमै मिल्नेछ,कमजोरीले चिन्ता बढाउन सक्छ,बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,आजको शुभ अंक ५ रहेको छ। दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah