आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २२ गते,आइतबार,इश्वी सन् २०१९ जनवरी ६ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– प्रतिपदा, भोलिसम्म बजेउप्रान्त प्रतिपदा,नक्षत्र– पूर्वाषाढा, १७:२२ बजेउप्रान्त उत्तराषाढा,योग– व्याघात, २६:४९ बजेउप्रान्त हर्षण,करण– किंस्तुघ्न, १९:०३ बजेदेखि वव, भोलिसम्म बजेउप्रान्त वव,आनन्दादिमा शुभ योग,चन्द्रराशि– धनु, २३:५५ बजेउप्रान्त मकर,सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२२ बजे र दिनमान २६ घडी ०१ पला। तोलल्होसार।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २३ गते, सोमबार,इश्वी सन् २०१९ जनवरी ७ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– प्रतिपदा, ७:५९ बजेउप्रान्त द्वितीया,नक्षत्र– उत्तराषाढा, १९:४३ बजेउप्रान्त श्रवण,योग– हर्षण, २७:१२ बजेउप्रान्त वज्र,करण– वव, ७:५९ बजेदेखि वालव, २०:५८ बजेउप्रान्त कौलव,आनन्दादिमा मृत्यु योग, चन्द्रराशि– मकर,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२२ बजे र दिनमान २६ घडी ०२ पला। सर्वार्थसिद्धि योग १९:४३ बजे प्रारम्भ। अरनिको स्मृति दिवस।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक १० रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ, लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,आजको शुभ अंक १० रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
गोपनीयतामा ध्यान पुर्याउनुहोला,ठूलै फाइदाको आश्वासन पनि पाइनेछ,तर यथार्थमा लाभ भने कमै मिल्नेछ,कमजोरीले चिन्ता बढाउन सक्छ,भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ,आजको शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ, आजको शुभ अंक ७ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ, अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ, आजको शुभ अंक ४ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,विगतका कर्मको उचित प्रतिफल पाइनेछ,कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक ११ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
गोपनीयतामा ध्यान पुर्याउनुहोला,केही दण्ड–जरिवाना पनि सम्भावना छ,जिम्मेवारी भने बढिरहनेछन्,बाध्यतापूर्ण काममै समय बित्न सक्छ,बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,आजको शुभ अंक ६ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,महत्वाकांक्षी योजना फलीभूत होलान्,गोप्य रहस्य पत्ता लाग्नेछन् ,तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,आजको शुभ अंक २ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, मुद्दा–मामिलामा विजयी भइनेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,प्रेम र मित्रताको बन्धन कसिने बेला छ,आजको शुभ अंक १ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,शत्रुहरू किनारा लाग्नेछन्,गरेका कामबाट प्रशस्त लाभ हुनेछ,श्रमको उचित मूल्यांकन होला,नयाँ ज्ञान प्राप्त हुने योग छ,पढाइमा प्रगति हुनेछ, आजको शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,पारमा पनि प्रशस्त फाइदा हुनेछ,आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठूला व्यक्तिबाट काममा बाधा हुनेछ,भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,शत्रु र रोगबाट छुटकारा पाइनेछ, मुद्दा–मामिलामा विजयी भइनेछ,व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,आजको शुभ अंक ९ रहेको छ।
दिब्य ज्योतिष बाट साभार



