वि.सं. २०७५ साल पुस २३ गते, सोमबार,इश्वी सन् २०१९ जनवरी ७ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– प्रतिपदा, ७:५९ बजेउप्रान्त द्वितीया,नक्षत्र– उत्तराषाढा, १९:४३ बजेउप्रान्त श्रवण,योग– हर्षण, २७:१२ बजेउप्रान्त वज्र,करण– वव, ७:५९ बजेदेखि वालव, २०:५८ बजेउप्रान्त कौलव,आनन्दादिमा मृत्यु योग, चन्द्रराशि– मकर,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२२ बजे र दिनमान २६ घडी ०२ पला। सर्वार्थसिद्धि योग १९:४३ बजे प्रारम्भ। अरनिको स्मृति दिवस।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २४ गते,मंगलबार,इश्वी सन् २०१९ जनवरी ८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– द्वितीया, १०:०१ बजेउप्रान्त तृतीया,नक्षत्र– श्रवण, २२:१६ बजेउप्रान्त धनिष्ठा,योग– वज्र, २७:४२ बजेउप्रान्त सिद्धि,करण– कौलव, १०:०१ बजेदेखि तैतिल, २३:०६ बजेउप्रान्त गर,आनन्दादिमा लुम्ब योग,चन्द्रराशि– मकर, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२३ बजे र दिनमान २६ घडी ०४ पला। नेपाल ज्योतिष परिषद् स्थापना दिवस।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,अरूको भर पर्दा धोका हुन सक्छ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ, स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,पारमा पनि प्रशस्त फाइदा हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही दण्ड–जरिवाना पनि सम्भावना छ,जिम्मेवारी भने बढिरहनेछन्, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ,कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक ६ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,शत्रुहरू किनारा लाग्नेछन्,गरेका कामबाट प्रशस्त लाभ हुनेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ,आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
महत्वाकांक्षी योजना फलीभूत होलान्,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,आजको शुभ अंक २ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ, तापनि,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,आजको शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
ठूलै फाइदाको आश्वासन पनि पाइनेछ,तर यथार्थमा लाभ भने कमै मिल्नेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,शत्रु र रोगबाट छुटकारा पाइनेछ, मुद्दा–मामिलामा विजयी भइनेछ,आम्दानी कम भए पनि जीवनसाथीका माध्यमबाट काम बन्न सक्छ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आजको शुभ अंक ९ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गोपनीयतामा ध्यान पुर्याउनुहोला,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक १० रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मुद्दा–मामिलामा विजयी भइनेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्,श्रम गरीकन कम मूल्य प्राप्त हुने समय छ,आजको शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्दा–मामिलामा विजयी भइनेछ,व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,भाग्य बलवान् भएकाले अरूको हातमा पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,विगतका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ११ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah