काठमाडौँ,२१ पुस । सामान्यतया कुनै कुनै बच्चामा बोलिचालीको भाषामा समस्या हुने गरेको पाइएको छ । यस्तो समस्यालाई हिस्लेक्सियसा भन्ने गरिन्छ । बोलिमा देखिएको यस्तो समस्याले बालबालिकामा कुनै पनि नयाँ कुराहरु सिक्न समस्या हुने गर्छ । यस्ता बच्चामा पढ्न, लेख्न, स्पेलिङ बुझन कठिन हुन्छ ।
किन हुन्छ डिलेक्सिया ?
पुर्खेउली कारण पनि यस्तो समस्या सर्ने गर्छ । परिवारका कुनै ब्यक्तिलाई यस्तो समस्या भएको छ भने बच्चामा यस्तो समस्या हुने गर्छ । यस्तो समस्या केही विशेष प्रकारका जीनको कारण पनि हुने गर्छ । जसले गर्दा बच्चाहरुमा भाषामा समस्या हुन्छ । पढ्ने क्षमतामा समेत ह्रास हुन्छ ।
यस्तो छ डिस्लेक्सियाका लक्षण
डिस्लेक्सिया भएका साना साना बालबालिकाहरुमा यस्तो समस्या देखिन्छ ।
केही कुरा भन्नु पर्यो भने धेरै समय लाग्ने
नयाँ शब्द सिक्नमा कठिनाई हुने
अंक, अक्षर, रंग, आफ्नो नाम भन्न समस्या हुने
सही तरिकाले शब्द संरचना गर्न कठिन हुने
स्कुल पढ्दै गरेका बालबालिकामा यस्तो समस्या देखिन्छ
अरुले भनेको कुराको प्रतिक्रिया दिन र बुझ्न गाह्रो हुने
उमेरअनुसार ज्ञानको कमी हुने
प्रश्नको उत्तर खोज्न र सही शब्द फोल पार्न नसक्ने
कुनै कुरा क्रमबद्धरुपमा याद गर्न नसकिने
अक्षर र शब्दमा समानता र अन्तर फेला पार्न नसक्ने
स्पेलिङ उच्चारण गर्नमा समस्या
नसुनेको शब्द उच्चारण गर्न नसक्ने
पढ्न मन नगर्ने
यस्तो समस्या बच्चामा मात्र हैन् किशोर र वयस्क मानिसहरुमा पनि हुन सक्छ ।
डिस्लेकियाको भए के गर्ने ?
लामो समयसम्म बच्चामा यस्तो समस्या भयो भने चिकित्सकलाई देखाउनुपर्छ । विशेष चेकजाँचपछि चिकित्सकले बच्चाको पढ्ने क्षमता पत्ता लगाउन सक्नेछन् । बच्चाको हेर्न, सुन्न र दिमागले काम गर्न सक्ने क्षमताको पहिचान गरेर उपचार गर्न सकिन्छ ।
उपचार कसरी गर्ने ?
डिस्लेक्यिाको समस्या भएमा आजीवन समस्याकै रुपमा रहने भएकाले औषधीले उपचार हुँदैन् । शिक्षा सम्बन्धी समस्या कम गर्न यस्तो समस्या भएका बच्चाहरुमा पढ्ने क्षमताको कम गर्न सुन्न र स्पर्श गर्न सिकाउन सिकन्छ ।



