आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २६ गते,बिहीबार,इश्वी सन् २०१९ जनवरी १० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– चतुर्थी, १४:२१ बजेउप्रान्त पञ्चमी,नक्षत्र– शतभिषा, २७:२३ बजेउप्रान्त पूर्वभाद्रपदा,योग– व्यतीपात, २८:३९ बजेउप्रान्त वरियान्,करण– भद्रा, १४:२१ बजेदेखि वव, २७:२१ बजेउप्रान्त वालव,आनन्दादिमा वज्र योग,चन्द्रराशि– कुम्भ,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२५ बजे र दिनमान २६ घडी ०७ पला। पञ्चक।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २७ गते,शुक्रबार,इश्वी सन् २०१९ जनवरी ११ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– पञ्चमी, १६:१७ बजेउप्रान्त षष्ठी,नक्षत्र– पूर्वभाद्रपदा, २९:३७ बजेउप्रान्त उत्तरभाद्रपदा, योग– वरियान्, २८:५० बजेउप्रान्त परिघ,करण– वालव, १६:१७ बजेदेखि कौलव, २९:०७ बजेउप्रान्त तैतिल, आनन्दादिमा ध्वांक्ष योग, चन्द्रराशि– कुम्भ, २३:०६ बजेउप्रान्त मीन,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२६ बजे र दिनमान २६ घडी ०९ पला। पञ्चक। राष्ट्रिय एकता दिवस,पृथ्वी जयन्ती (पृथ्वीनारायण शाह स्मृति दिवस)।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शत्रुहरू किनारा लाग्नेछन्,गरेका कामबाट प्रशस्त लाभ हुनेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,आजको शुभ अंक ३ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विगतको श्रमबाट भने लाभ हुनेछ,मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला,आजको शुभ अंक १० रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्,श्रम गरीकन कम मूल्य प्राप्त हुने समय छ,आजको शुभ अंक १ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारमा पनि प्रशस्त फाइदा हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,आजको शुभ अंक ८ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,कीर्तिमानी काम गर्ने समय छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला, ठूलै फाइदाको आश्वासन पनि पाइनेछ,आजको शुभ अंक ५ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मुद्दा–मामिलामा विजयी भइनेछ,आम्दानी कम भए पनि जीवनसाथीका माध्यमबाट काम बन्न सक्छ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,ठूला व्यक्तिबाट काममा बाधा हुनेछ,आजको शुभ अंक ९ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,आजको शुभ अंक २ रहेको छ।
दिब्य ज्योतिष बाट साभार
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ, तापनि,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आजको शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
गोपनीयतामा ध्यान पुर्याउनुहोला,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक १० रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ,आजको शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विगतका कर्मको उचित प्रतिफल पाइनेछ,गइसकेको धन फिर्ता हुन सक्छ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,मुद्दा–मामिलामा विजयी भइनेछ,व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,आजको शुभ अंक ११ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही दण्ड–जरिवाना पनि सम्भावना छ,जिम्मेवारी भने बढिरहनेछन्, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ,कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक ६ रहेको छ।



