काठमाडौं । एउटा अनुसन्धानले के देखाएको छ भने अब आउने दशकहरुमा मानिसको आयू १ सय ४० वर्षसम्म पुग्नेवाला छ ।

चिकित्सा क्षेत्रमा भइरहेको लगातारको बदलावाका कारण यस्तो सम्भव भएको शोधकर्ताहरुले बताएका छन् । केही समयअघि विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिनका लागि केही विशेषज्ञहरुलाई आमन्त्रित गरिएको थियो । बैठकका क्रममा विशेषज्ञहरुले बताएका छन् की प्रविधिको उभार आइरहेको यस परिदृश्यमा अस्पतालको भूमिका केवल इमर्जेन्सी कक्षसम्म मात्र रहनेछ ।

माइक्रोसफ्टका सिइओ सत्या नादेलाले डिजिटल प्रविधिमा आधारित चौथो औद्योगिक क्रान्तिले चिकित्सा क्षेत्रको स्वरुपलाई नै बदलिदिनेछ अनि कृत्रिम ज्ञानको प्राविधिक तथा डाटाले युक्त चिकित्सा वैज्ञानिकहरु रोगको तत्काल सर्वोत्तम निदानको खोजी गर्न ठूला ठूला दिग्गजहरुलाई पछि छाड्नेछन् ।

अस्पतालको प्रबन्ध पनि डिजिटल प्रविधिमा आधारित हुनेछ । जसको माध्यमबाट मेडिकल रेकर्ड तुरुन्तै अस्पताललाई प्राप्त हुनेछ । विशेषज्ञहरुका अनुसार केही दशकभित्रै मानिसहरु १ सय ४० वर्षसम्म बाँच्नेछन् । अस्पताल चाहीँ आकस्मिक चिकित्सा कक्षको रुपमा सिमित हुनेछ । किनकी मानिसहरुले आफ्नो सामान्य रोगहरुको समाधान आफैले गर्न सक्नेछन् ।

नोकिया कर्पोरेसनका सिइओ राजीव सूरीका अनुसार वास्तवमा पूराना रोगहरु नै विश्वमा मृत्युको प्रमुख कारणको रुपमा रहेका छन् । यी विद्यमान रोगबाट हुने मृत्यु कुल मृत्युको ६० प्रतिशत भन्दा धेरै रहेका छन् । यी मध्ये धेरै रोगको रोकथाम गर्न सकिन्छ तथा शिघ्र निदानमार्फत यी रोगमा नियन्त्रणको सम्भावना धेरै हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah