आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २७ गते,शुक्रबार,इश्वी सन् २०१९ जनवरी ११ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– पञ्चमी, १६:१७ बजेउप्रान्त षष्ठी,नक्षत्र– पूर्वभाद्रपदा, २९:३७ बजेउप्रान्त उत्तरभाद्रपदा, योग– वरियान्, २८:५० बजेउप्रान्त परिघ,करण– वालव, १६:१७ बजेदेखि कौलव, २९:०७ बजेउप्रान्त तैतिल, आनन्दादिमा ध्वांक्ष योग, चन्द्रराशि– कुम्भ, २३:०६ बजेउप्रान्त मीन,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२६ बजे र दिनमान २६ घडी ०९ पला। पञ्चक। राष्ट्रिय एकता दिवस,पृथ्वी जयन्ती (पृथ्वीनारायण शाह स्मृति दिवस)।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २९ गते,आइतबार,इश्वी सन् २०१९ जनवरी १३ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– सप्तमी, १९:०० बजेउप्रान्त अष्टमी,नक्षत्र– उत्तरभाद्रपदा, ७:२८ बजेउप्रान्त रेवती,योग– शिव, २८:१७ बजेउप्रान्त सिद्ध,करण– वणिज, १९:०० बजेदेखि भद्रा, भोलिसम्म बजेउप्रान्त भद्रा,आनन्दादिमा स्थिर योग,चन्द्रराशि– मीन, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२७ बजे र दिनमान २६ घडी १३ पला। पञ्चक। रवि–सप्तमी व्रत।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ, तापनि,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आजको शुभ अंक ४ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काममा लगानी बढाउने समय छ, बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ,अाफन्तबाट टाढिनुपर्ला,आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ,स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ,परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ,साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ,केही दण्ड–जरिवाना पनि सम्भावना छ,जिम्मेवारी भने बढिरहनेछन्, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ,प्रतिस्पर्धी परास्त होलान्,सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ,गोपनीयतामा ध्यान पुर्याउनुहोला,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहाेला,माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक २ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ, धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, आजको शुभ अंक १ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ,गइसकेको धन फिर्ता हुन सक्छ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,मुद्दा–मामिलामा विजयी भइनेछ,आजको शुभ अंक ११ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ,नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला,शत्रुहरू किनारा लाग्नेछन्,गरेका कामबाट प्रशस्त लाभ हुनेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ,आजको शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ,शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ,पारमा पनि प्रशस्त फाइदा हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भौतिक साधन जोड्ने समय छ,सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ,साँझदेखि केही अप्ठ्यारा परिस्थिति अाउन सक्छन्, सचेत हुनुहाेला,विगतको श्रमबाट भने लाभ हुनेछ,मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ,आजको शुभ अंक १० रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समस्या थपिन सक्छन्,सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ, उपचारमा खर्च हुने योग छ,भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,कीर्तिमानी काम गर्ने समय छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूबाटै धोका पाइएला,व्यावसायिक काममा खर्च बढ्नेछ,काम पूरा नहुनाले खिन्नता बढ्ला,सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ,मुद्दा–मामिलामा विजयी भइनेछ,आम्दानी कम भए पनि जीवनसाथीका माध्यमबाट काम बन्न सक्छ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,आजको शुभ अंक ९ रहेको छ।

दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah