कण्डमको प्रयोग १५ हजारवर्षअगाडि प्रयोगमा आएको इतिहास छ । फ्रान्सका प्राचिन गुफामा मानिसले कण्डम प्रयोग गरेको १२ हजार देखि १५ हजार वर्ष पूराना चित्र भेटिएका छन् । सन् १६०० तिर जनावरको आन्द्राबाट बनाइएको कण्डम सर्वप्रथम सर्वसाधारणका लागि उपलब्ध भएको थियो ।तर महंगो भएका कारण तिनीहरु पटक पटक प्रयोग गरिन्थे । सन् १८३९ मा चाल्र्स गुडइयरले पहिलोपटक रबरको कण्डम विकास गरेका थिए । त्यसपछि धेरै कम्पनीले यसको सिको गरेका थिए । सन् १९५७ मा अमेरिकी कण्डम उत्पादक कम्पनी डुरेक्सले पहिलोपटक चिल्लोपदार्थसहितको कण्डम उत्पादन ग¥यो ।
मध्यपूर्वी देशमा कण्डम विभिन्न तरिकाबाट प्रयोग गरिन्छ । किसानहरुले पानी बोक्न प्रयोग गर्छन्, छानोमा चुहिने ठाउँमा प्रयोग गर्छन् र सडक मजदूरले सडकलाई चिल्लो बनाउन कण्डम प्रयोग गर्छन् । भारतको बनारस शहर साडीका लागि चर्चित मानिन्छ । सरकारले निःशुल्क रुपमा वितरण गरेको कण्डम अचानक त्यहाँ निकै लोकप्रिय भएछ ।यसको कारण खोज्दै जाँदा डाक्टरहरुले के पाएछन् भने कण्डम त्यहाँ साडीलाई चिल्लो बनाउन प्रयोग गरिदो रहेछ । बताइएअनुसार एउटा बनारसी सारी बनाउन १४ वटा कण्डमको प्रयोग हुन्छ । अमेरिकी सेनाले पनि कण्डम प्रयोग गर्छन्, तर, सेक्सका क्रममा होइन । उनीहरुले बगेको रगत रोक्न, पानी बोक्न, सर्जिकल ग्लोभ्सको रुपमा र बन्दुकमा बालुवालगायतका फोहोर पस्न नदिन कण्डम प्रयोग गर्छन् । – एजेन्सि
कण्डमका कस्ता कस्ता विज्ञापन !!!
श्रृंगारका सामानको प्रचार गर्न राम्रा तरुनीहरुलाई अर्धनग्न बनाएर मनै लोभ्याउने खालको सेक्सी विज्ञापन तयार पारिन्छ । त्यस्ता सामानहरु लगाएर तरुनीहरु चिटिक्क परेको देखाइन्छ । तर कण्डम जुन यौनांगमा लगाइन्छ त्यसको विज्ञापन कसरी गर्ने ? सबैलाई देखाउन नहुने यौनांगमा कण्डम लगाएको देखाएर अश्लिल विज्ञापन बनाउन पनि भएन ।
त्यसैले विभिन्न जुक्ति लगाएर कण्डम प्रयोग गरिएको र कण्डमले अधिकतम सन्तुष्टी दिएको भान पर्ने गरी सांकेतिक रुपमा कण्डमका विज्ञापन तयार पार्ने गरिन्छ । जिउका अरु भागमा लगाउने कपडा तथा सामानको विज्ञापन बनाउनु जति सजिलो र सिधा कण्डमको विज्ञापन बनाउनुमा अवश्य पनि छैन । त्यसैले होला कण्डमका विज्ञापनहरु सामान्यतया सांकेतिक हुन्छन् र देखाउने भन्दा बताउने कुरा बढि गरिन्छ ।
गर्भनिरोधक साधन कण्डम यौन रोगबाट बच्नका लागि समेत लोकपि्रय तथा उत्तम उपाय हो । परापूर्व कालदेखि नै विभिन्न प्रकारका कण्डम मान्छेले प्रयोग गर्दै आएका भएपनि पछिल्लो समयमा कण्डमलाई केबल गर्भनिरोध वा यौनरोगबाट बच्ने साधनको रुपमा नभै पर्याप्त यौन सन्तुष्टी समेत प्रदान गर्नेगरी डिजाइन गर्न थालिएको छ र विश्वका नामूद कण्डम उत्पादक कम्पनीहरुले एक से एक महंगा तथा आनन्ददायी कण्डमहरु उत्पादन गर्ने गरेका छन् । विभिन्न नामबाट उत्पादन हुने गरेका यस्ता अनेकन कण्डमहरुको प्रचार पनि रोचक ढंगबाटै हुने गरेको छ ।



