काठमाडौ । भारतमा एक अनौठो घटना घटेको छ । जहाँ एक आइएसआइकी पाकिस्तानी जासुसी युवतीले भारतीय सेनाका ४५ जना जवानहरुलाई फसाएर गोप्य सुचना लगेकी छिन् । यो कुराको सबैभन्दा पहिला फसाएको सेनाका जवान सोमवीर पक्राउ गरेपनि खुलासा भएको हो । त्यसपछि उनीसगै रहेका ४४ जना साथीहरु यो घटनामा फसेको थाहा भएको हो ।
कसरी फसाइन् त ४५ जना सेनालाई ,,
ती पाकिस्तानी जासुसी युवतीले सुरुमा २०१६ मा अनिका चोपडा नामबाट फेक फेसबुक आइडी बनाएर सोमवीरलाई फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन् । त्यसपछि विस्तारै उनीसँग कुरा गदै गइन् ।र त्यसको केही समयपछि उनको फे्रन्ड लिस्टमा रहेको साथीहरुलाई रिक्वेस्ट पठाएकी थिइन् । सुरुवातमा सोध्दा आफु भारतीय सेनाकै मिलिट्री नर्सिङ सर्भिसकी क्याप्टेन भएको बताएकी थिइन् ।तर फोन र म्यासेज हुदै जादा उनले सबैलाई आफ्नो अश्लील डान्स गरेको रुपहरु देखाउदै फसाएकी थिइन् ।
जयपुर इन्टेलिजेन्स एडिजी उमेश मिश्राका अनुसार विगत केही समयदेखि सामाजिक संजालमा शंकास्पद गतिविधि गरिरहेको देखिएपछि सोमवीरलाई २०१९ को सुरुवातमै सेनाकै हिरासतमा लिइएको थियो । त्यसपछि अन्य सैनिकहरुलाई पनि अनुसन्धानको दायरामा राखिएको छ । भने उनले जुन नम्बरबाट कल गर्थिन् त्यसको आइपी एड्रेस कराँचीको पाइएको छ । सोमवीर पक्राउ परेपछि उनले फेसबुकमा फ्रेण्ड लिस्ट ब्लक गरेकी छिन् र निजी जानकारी पनि लुकाएकी छिन् । जहाँ सोमवीरले भारतीय सेनाको ट्यांक ‘अर्जुन’को प्रयोग गरी गरिएको युद्ध अभ्यासको भिडियो सामाजिक संजालमार्फत पाकिस्तान पठाएको पाइएको छ । अहिले यस घटनाको अनुसन्धान भइरहेको छ ।



