एजेन्सी । अस्पताल मै एक डाक्टर र नर्सले होस् गुमाउदा जागिर गुमाउनु परेको छ । ति डाक्टर र नर्सले अपरेसन थिएटर भित्रै किस गरेको भिडियो भुलबस फोटो खिच्ने क्रममा रेकर्ड भएको थियो । फोटो खिच्न खोज्दा रेकर्ड भएको ६ सेकेन्डको भिडियो पछी इन्टरनेटमा भाइरल भएपछी उनीहरुले जागिरबाट हात धुनु परेको थियो ।
यो घटना हो भारतको मध्यप्रदेश राज्यको उज्जैन जिल्लाको एक अस्पताल को । ड्युटी समयमा अपरेसन थिएटर जस्तो सम्बेदनशील ठाउँ मै त्यस्तो क्रियाकलाप गर्दा अस्पताल लज्जित भएको अस्पतालले जनाएको छ । इन्टरनेटमा उनीहरुको भिडियो भाइरल भएपछी सर्बसाधारणबाट उनीहरुलाई जागिरबाट हटाउनु पर्ने दवाव आएको थियो ।
सर्बसाधारणको दवाप पछी तत्काल कारवाही गर्दै उज्जेन जिल्लाका कलेक्टरले डाक्टरलाई पदबाट बर्खास्त गरेको आजतकले लेखेको छ । उनीहरुलाई प्रहरीले बोलाएर थप सोधपुछ गरिरहेको बताइएको छ ।
थप समाचार भिडियोमा हेर्नुहोस :.



