काठमाडौं — जापानको हेन ना नामक होटलले मानिसहरूको सुविधाका लागि २४३ वटा रोबोट राखेको थियो । यति धेरै रोबोट राखेको कारण होटलको नाम गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा पनि राखिएको छ ।

तर मानिसहरूको गुनासोपछि लगभग १२३ रोबोटलाई जागिरबाट निकालिएको छ । निद्रामा घुर्नेबित्तिकै रोबोटले उनीहरूलाई उठाइदिने गरेको पाइयो ।

होटलमा आएका गेस्टलाई राति अनेकपटक रोबोटले उठाइदिएको रहेछ । अनि रोबोट रिसेप्सनमा बस्दा गेस्टका सामान्य प्रश्नको उत्तर पनि दिन सक्दैनथियो ।

कर्मचारीहरूले ओभरटाइम गरेर रोबोटलाई ठीक गर्नुपरेको थियो । एक स्टाफ मेम्बरले रोबोटका कारण आफूहरूलाई सजिलो भएको किनकि गेस्टका समस्या सुन्नु नपरेको बताए ।

सन् २०१५ मा यो होटल जापानको सासेबोमा खोलिएको थियो । यसले प्रसिद्धि पनि खुबै कमाएको थियो । शुरूआतमा होटलमा ८० रोबोट राखिएको थियो ।

वालस्ट्रीट जर्नलका अनुसार, होटलमा छिट्टै समस्याहरू शुरू भए । एक गेस्टले आफू होटलमा बसुन्जेल आधीभन्दा बढी रोबोट डान्सरले काम नगरेको बताए । अनि रूममा सहायताका लागि तैनाथ गरिएको रोबोटले सामान्य कुराकानी र लाइट एसी अपरेट गर्न समेत सकेनन् ।

एक अन्य गेस्ट योशीहिसा इशीकावाले बताए, ‘रोबोटले मलाई अनेकचोटि निद्राबाट जगायो र सोध्यो – के भन्नुभा, फेरि भन्नू त । मलाई बिहान पो थाहा भयो, घुरेको आवाज सुनेपछि रोबोटको अटो सेन्सरले काम गर्दो रहेछ ।’

होटल मालिक हिदेओ सवादा भन्छन्, ‘रोबोट होटल बनाउने आइडिया मेरो थिएन । अब यसमा केही सुधार ल्याउनुपर्ने देखिएको छ । रोबोट प्रयोग गर्दा गेस्टहरूलाई समस्या आउला भन्ने सोचिएकै थिएन ।’

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah