कोपनहेगन। डेनमार्ककको एक अदालतले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा एक व्यक्तिलाई साढे २ वर्षको जेल सजाय सुनाएको छ । ती व्यक्तिले यो गल्ती आफ्नो बिहेको दिन गरेका थिए । ती व्यक्तिले अदालतमा आफूले झुक्किएर छोरीलाई पत्नी सम्झिएको बताएका थिए । गल्ती थाहा भएपछि उनले छोरीलाई माफी माग्दै म्यासेज पनि लेखेका थिए । पिता र छोरीबीच आदानप्रदान भएका यिनै म्यासेजलाई अदालतले अहम प्रमाण मानेको थियो ।
घटना गएको अगष्ट महिनामा डेनमार्कको कोल्डिङ शहरमा भएको थियो जसको फैसला अहिले आएको हो । त्यहाँका ५० वर्षका व्यक्तिले आफ्नी २० वर्षकी छोरीलाई बलात्कार गरेका थिए । उनले यो सबै झुक्किएर भएको बताएका थिए । ती पिता र छोरीको कैयौं वर्षदेखि सम्पर्क थिएन । तर, आफ्नो बिहेको अवसरमा उनले छोरीलाई पनि बोलाएका थिए । छोरी पनि विवाहमा सहभागी हुन राजी भइन् । त्यसदिन उनीहरु कैयौं वर्षपछि भेट्दै थिए ।
पिताको बिहेमा सहभागी हुन छोरीले बेहुलीजस्तै कपडा लगाएर आइन् । बिहेमा छोरीले धेरै नै मदिरा पिइन् जसका कारण उनी निकै लठ्ठ भएकी थिइन् । राती साढे २ बजेतिर जब उनी बेहोस भइन् त्यसपछि आफन्तले उनलाई नकिै रहेको बेहुलाबेहुलीको कोठामा लगेर सुताइदिए । करिब डेढ घण्टापछि उनका पिता नयाँ बेहुलीसँग आएर त्यही बेडमा सुते । उनको एकापट्टि उनकी पत्नी र अर्को पट्टि उनकी छोरी सुतेका थिए । यही दौरान उनले छोरीलाई बलात्कार गरे ।



