अमेरिकाको ओहियो प्रान्तमा एक बाबूले छोरीको फोन खोसेको कारण छोरीले बाबूले फोन आफ्नो सम्पति लुटेको भन्दै प्रहरी बोलाएको घटना सार्वजनिक भएको छ । छोरीले प्रहरीको एमरजेन्सी नम्बरमा फोन गरेर बाबूले आफ्नो सम्पति खोसेके उजूरी गरेर बाबूलाई कार्बाहीको माग गरेकी थिइन् ।
दिनभर स्मार्ट फोनमा झुण्डिने गरेको देखेपछि रिसाएका बाबूलाई छोरीको स्मार्ट फोन खोसिदिएका थिए । उनले प्रहरीलाई फोन गरेर आफुले ८०० डलर मूल्य तिरेको स्मार्ट फोन बाबूले नदिएको र आफैले ल्याएको त्यहि पनि नदिएको बताएकी थिइन् । यसरी पटक पटक प्रहरीलाई फोन गरेर बाबूले फोन चोरेको आरोप समेत लगाइरहेकी थिइन् ।
उजुरीको आधरमा उनको घरमा पुगेको प्रहरीले बाबूको कुरा सुनेर बाबूलाई सजाय हैन उल्टै छोरीलाई चेतावनी दिएर गएको छ । बाबूले आफ्नो छोरी सानै रहेको र अहिले नै फोनको आवश्यकता नरहेके बताए । आफुले सधै छोरीको क्रियाकलाप जाँच गर्न नसक्ने भएकाले छोरीलाई अनुशासनमा राख्न छोरीको फोन खोसेको बताएका थिए ।
यसरी बाबूले आफ्नो छोरीको बारेमा बताएको कुरा सुनेपछि प्रहरी अफिसरले उल्टै बाबूलाई साथ दिएर १८ वर्ष नकटेको मान्छेले फोन राख्न नपाउने बताए । त्यसपछि उनका बाबूले पनि छोरीको व्यवहार नसुर्धिएसम्म फोन नदिने बताए ।



