काठमाडौं, माघ १२ । यूएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले २४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४२ रन बनाएको हो ।
नेपालका लागि रोहित कुमार पौडेलले सर्बाधिक ५५ रन बनाए । यस्तै, कप्तान पारस खड्काले २१, ओपरनद्वय ज्ञानेन्द्र मल्लले ४४ र विनोद भण्डारीले २१ रन बनाए ।
यस्तै, आरिफ शेख २९, दिपेन्द्रसिंह ऐरी १०, पवान श्राफ ८, करण केसी १८, सोमपाल कामीले ३, सन्दीप लामिछाने (अविजीत) ले १० र ललित नारायण राजवंशी (नटआउट) ले ३ रनको योगदान दिए ।
बलिङमा युएईका आमिर हायात र इमरान हिएडरले समान ३, मोहम्मद नाविद, जाओर खान र अस्फाग अहेमदले समान एक विकेट लिन सफल भए ।
पहिलो खेलमा शुक्रबार यूएईसँग तीन विकेटले पराजित भएको नेपाललाई एक दिवसीय श्रृङखला जित्ने आशा कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ । यदि शुक्रबार जस्तै शनिबारको खेलमा पनि पराजित भएमा नेपालले एक खेल अगावै सिरिज गुमाउने छ । सिरिजमा यूएई १–० ले अघि छ ।
नेपालले यूएईसँग १६ वटा एक दिवशीय खेल खेलेको छ । जसमा १२ खेल यूएईले जितेको छ भने तीन खेल नेपालको पक्षमा गएको छ । बाँकी एक खेल बराबरी भएको थियो ।



