काठमाडौं– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) आगामी शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा करण केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्स र सोमपाल कामीको धनगढी स्टार्स भिड्ने छन्। धनगढीको फाप्ला मैदानमा हुने प्रतियोगितामा विराटनगर र धनगढीसहित सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ।

प्रत्येक टिमले १५ खेलाडी आबद्ध गरिसकेका छन्। जसमा १२ खेलाडी अक्सनबाट आबद्ध भएका थिए। १ खेलाडी रणनीतिक खेलाडीको रुपमा टिममा छन्। टिमहरुले २–२ विदेशी खेलाडी पनि भित्र्याइसकेका छन्।

विराटनगर किंग्सले २ जना भारतीय खेलाडीलाई विदेशी खेलाडीको रुपमा भित्र्याएको छ। जसमा अभिनास यादव र शिवकान्त शुक्ला छन्। दुवैले रेलवेजको लागि भारतको प्रतिष्ठित रन्जी ट्रफी प्रतियोगिता खेलिसकेका छन्। विराटनगरको रणनीतिक खेलाडीमा करण केसी छन्।

अभिनाश देब्रे हाते स्पिनर हुन् भने शिभकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन्। ३२ वर्षीय अभिनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिइसकेका छन्। यस्तै ३३ वर्षीय शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा ४,१९८ रन बनाएका छन्।

दीपेन्द्रसिंह ऐरी रणनीतिक खेलाडी रहेको अत्तरियामा विकेटकिपर ब्याट्सम्यान जयकिशन कोल्शावाला र अलराउन्डर सनी पटेल छन्। पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिग खेलेका दुवैलाई नेपालको कन्डिसनबारे राम्रोसँग थाहा छ। पटेल र कोल्शावाले ललितपुरलाई एभरेस्ट प्रिमियर लिगको उपाधि जिताउन उत्कृष्ट खेलेका थिए।

सोमपाल कामी रणनीतिक खेलाडीमा रहेको धनगढी स्टार्समा युएईका अलराउन्डर रोहान मुस्ताफा र भारतका सागर त्रिवेदी छन्। दायाँ हाते ब्याट्सम्यान र अफस्पिनर मुस्तफाले युएई राष्ट्रिय टिमको लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टी-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा ६४२ रन र टी-२० मा ४११ रन बनाएका छन्। यस्तै बलिङ्गतर्फ एकदिवसीयमा २८ विकेट तथा टि-२० मा १९ विकेट लिएका छन्।

त्रिवेदी सन् २०१५ को इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सको लागि छनोट भएका खेलाडी हुन्। उनी दायाँ हाते फास्ट बलर र बायाँ हाते ब्याट्सम्यान हुन्। उनले मुम्बई टिमको लागि खेलिसकेका छन्।

काठमाडौंले गौरव तोमार र अंकित दभासलाई भित्राएको छ। काठमाडौंको रणनीतिक खेलाडीमा ज्ञानेन्द्र मल्ल छन्। तोमार ब्याट्सम्यान हुन्। तोमारले पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिग दुवै लिग खेलिसकेका छन्। एभरेस्ट प्रिमियर लिगमा उनी ललितपुरमा आवद्ध थिए। यता अंकित दायाँ ब्याट्सम्यान र दायाँ हाते स्पिनर हुन्। दिल्लीका अंकितले अहिलेसम्म ७ लिस्ट ए र ४ टी–२० खेल खेलेका छन्।

शरद भेषवाकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगरमा युएईका वर्तमान कप्तान मोहमद नवीद आवद्ध छन्। ३१ वर्षीय नवीद तिव्र गतिका बलर हुन् भने बिस्फोटक ब्याटिङ पनि गर्न सक्छन्। उनले युएईका लागि ३८ एकदिवसीय अन्तर्राष्ट्रिय तथा २६ टि-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्। रुपन्देहीले अर्का विदेशी खेलाडी सार्वजनिक गरेको छैन।

रुपन्देहीमा हङकङका बाबर हायत र पाकिस्तानका बाबर अली डर अनुबन्ध गरेको छ। रुपन्देहीको यो सिजन रणनीतिक खेलाडी बसन्त रेग्मी रहेका छन्। बाबर दायाँ हाते ब्याट्सम्यान हुन् भने राजा बायाँ हाते ब्याट्सम्यान र स्पिनर हुन्।बाबरले हङकङका लागि २२ एकदिवसीय अन्तर्राष्ट्रिय र २४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलीसकेका छन्। यस्तै राजाले लाहोरको लागि पाकिस्तानी घरेलु क्रिकेटमा ६९ प्रथम श्रेणी तथा ६२ लिस्ट ए क्रिकेट खेलिसकेका छन्। राजा गत सिजन बंगलादेश प्रिमियर लिगमा राजशाही किंग्स टिममा थिए।

विराटनगर किंग्स
अभिनास यादव (भारत)
शिवकान्त शुक्ला (भारत)

सिवाइसी अत्तरिया
जयकिशन कोल्सावाला (भारत)
सनी पटेल (भारत)

धनगढी स्टार्स
रोहान मुस्ताफा (युएई)
सागर त्रिवेदी (भारत)

काठमाडौं गोल्डेन्स्
गौरव तामोर (भारत)
अङ्कित दभास (भारत)

महेन्द्रनगर युनाइटेड
मोहमद नवीद (युएई)

रुपन्देही च्यालेन्जर्स
बाबर हायत (हङकङ)
बाबर अली डार (पाकिस्तान)

-नेपाल लाइभ बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah