फागुन १२ चितवन । चितवन तेक्वान्दो डोेजाङ्ग प्रदेश नं ३ का अध्यक्ष केशव पुरीको उपस्थितिमा चितवन तेक्वान्दो डोेजाङ्गको कवर्ड हलको भौतिक निर्माणको सुरुवात भएको छ ।
लिटिल हेभन तेक्वान्दो डोेजाङ्गका डोेजाङ्ग प्रमुख उज्जवल श्रेष्ठ लगायत त्यस डोेजाङ्गका सम्पुर्ण खेलाडिको भब्य उपस्थितिमा चितवन जिल्ला तेक्वान्दो कार्य समितिका सचिव सौलेस श्रेष्ठ,यादव पौडेल,राजेस कुमार तामाङ्ग,कृष्ण चौधरी,उमर खान,निशा श्रेष्ठ,अब्बास खान, जिप्सन नेपाल जस्ता सिनियर खेलाडिको बाक्लो उपस्थितिमा चितवन तेक्वान्दो डोेजाङ्गको कवोड हलको भौतिक निमार्ण कार्य सुरुवात सम्पन्न भएको छ ।
चितवन तेक्वान्दो डोेजाङ्गको संस्थापक गुरु कृष्ण चौधरी हुन भने रोशन खान चितवन तेक्वान्दो डोेजाङ्गको प्रमुख हुन। यस डोेजाङको कवर्ड हल निमार्णका अभियान कर्ता दिपक बाबु नेपाल हुन ।
आजको दिनसम्म चितवन तेक्वान्दो डोेजाङ्गकाे पद्मा गुरुङ्ग, देवनारायण चौधरी,अरुन अधिकारी,पार्वती गुरुङ्ग जस्ता थुर्पै खेलाडि जन्माउन सफल डोेजाङ्ग हो भने चितवनमा पहिलो महिला ब्ल्याक बेल्ट खेलाडि पनि यसै डोेजाङका थिए ।



