एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई फेरि उसैको मैदानमा स्तब्ध बनाएको छ । शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा शीर्ष टोली बार्सिलोनाले कट्टर प्रतिस्पर्धी रियललाई १–० गोलले हरायो ।

 

तीनदिनको बीचमा बार्सिलोनाले रियललाई उसैको मैदानमा लगातार दोस्रो पटक हराएको हो । बिहिबार मात्र कोपा डेलरे फुटबलको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा बार्सिलोना रियललाई ३–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।

ला लिगाको उपाधि होडका लागि दुवै टोलीलाई महत्वपूर्ण मानिएको यस खेलमा बार्सिलोनाले बाजी मारेको छ । बार्सिलोनाको जितमा इभान राकिटिकले गोल गरे । इभानले २६औं मिनेटमा रियलका गोलरक्षक अगाडि बढेको अवस्थामा सजिलै गोल गरेका थिए ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने मौका बनाएपनि सफल हुन सकेनन् । दोस्रो हाफमा खेलमा फर्कन निकै प्रयास गरेको रियलले राम्रा अवसर गुमाएको थियो । तनावपूर्ण नतिजा निस्किएको खेलमा रियलका कप्तान सर्जियो रामोस र बार्सिलोनाका कप्तान लियोनल मेस्सीबीच केहीबेर तनाव उत्पन्न भएको थियो । रामोसले मेस्सीलाई कुइनाले ठेलेपछि दुवै खेलाडी हात हालाहालको अवस्थामा पुगेका थिए ।

यस जितसँगै बार्सिलोनाले २६ खेलबाट कूल ६० अंक बनाएको छ । समान खेलबाट ४८ अंक बनाएको रियल तेस्रो स्थानमा छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५० अंक छ । ला लिगा अन्तर्गत शनिबार रातिनै भएको अन्य खेलमा स्पान्योलले रियल भालाडोलिडलाई ३–१, डिर्पोटिभो अलाभेसले भिल्लारियललाई २–१ र एसडी हुयस्का सेभिल्लालाई २–१ गोलले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah