भद्रपुर । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले संर्घषपूर्ण जीत निकाल्दै झापाको बिर्तामोडमा जारी चौथो झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा मोरङ ११ लाई शुन्यको विरुद्ध एक गोल गर्दै एपीएफले संर्घषपूर्ण जीत दर्ता गरेको हो ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा एपीएफले पहिलो हाफ्मा गरेको गोलनै खेलको निर्णायक बन्यो । पहिलो हाप्mको इन्जूरी समयमा एपीएफका हरी कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले गरेको गोल नै निर्णायक बन्यो ।

खेलमा एपीएफले मोरङबाट खेल्ने खेलाडीका विरुद्ध आयोजक समक्ष ‘पोटेक्स’ अपिल गरेपछि खेल २३ मिनेट रोकिएको थियो । त्यसपछि एपीएफ टिमलाई माथिल्लो निकायबाट खेल खेल्न निर्देशन दिएपछि खेल पुन सुचारु भएको थियो ।

खेलमा निर्णायक गोलकर्ता एपीएफका हरी कार्की म्यान अफ दी म्याच घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । यसैबीच सोमबार आयोजक झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीच खेल हुने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको विजेता टिमलाई नगद १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँसहित ट्रफि पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah