सेन्ट लुसिया : इङ्ल्यान्डले मंगलबार राति खेलिएको पहिलो टीट्वेन्टी क्रिकेट प्रतियोगितामा घरेलु टोली वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको छ। जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १—० को अग्रता हासिल गरेको छ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले १८.५ ओभरमै केवल ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो। भ्रमणकारी टोलीको जितमा जोनी बेयरस्टले ६८ रनको योगदान गरे। विकेटकिपर ब्याट्सम्यान बेयरस्टले केवल ४० बलको सामना गरी दुई छक्का र नौवटा चौका पनि हिर्काए। टीट्वेन्टी क्रिकेटमा बेयरस्टको यो व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन हो।

 

इङ्ल्यान्डका लागि जोय डेनलीले पनि ३० रनको योगदान गरे। उनले २९ बलको सामना गरी चार चौका प्रहार गरे। साम बिलिङ्सले १६ बलमो एक चौकाको मद्दतले १८ रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि निकोल्स पुरनले ५८ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन।

पुरनले केवल ३७ बलको सामना गरी चार छक्का र तीन चौका प्रहार गरेका थिए। क्यारेबियन टोलीका आक्रामक ब्याट्सम्यान क्रिस गेल भने १५ रनमै पेभेलियन फर्किए। उनले १२ बलको सामना गरी दुई छक्का प्रहार गरेका थिए। उक्त खेलमा इङ्ल्यान्डका बेयरस्ट म्यान अफ दी म्याच घोषित भए। यी दुई टोलबीचको दोस्रो टीट्वेन्टी खेल आगामी शुक्रबार खेलिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah