काठमाडौं, ८ असोज । केही समययता काठमाडौं उपत्यकामा चितुवाको विगविगी भएको छ । अाजकल घनघाेर जंगलमा समेत भेट्न छाडिएकाे चितुवा काठमाडाैंकाे ब्यस्त बजारमै देखिन थालेपछि त्रसित बनाएकाे छ ।
शुक्रबार राती ललितपुरको लुभुस्थित एक घरमा चितुवा पस्यो । लुभुस्थित विमल पौडेलको घरमा राती पसेको चितुवा विहान मात्रै समाउन सफल भएको हो ।
वन कार्यालयको सहयोगमा प्रहरीको टोलीले शनिवार बिहान साढे ३ चितुवालाई उद्धार गरी चिडियाखाना लगिएको ललितपुर प्रहरीले जनाएको छ ।
यसअघि काठमाडौंको बानेश्वर, शंखमुल, कीर्तिपुर लगातयका क्षेत्रमा पनि चितुवा भेटिएका थियो ।



