काठमाडौं । भारतीय पूर्व क्रिकेटर गौतम गम्भीर शुक्रबार भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने समाचार बाहिरिएको छ । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार पछिल्लो दुई वर्षदेखि टिम इन्डिया बाहिर रहेका गौतम गम्भीर आज भाजपा पार्टीको तर्फबाट राजनीतिमा प्रवेश गर्न लागेको चर्चा छ । उनी बीजेपीका तर्फबाट दिल्लीबाट चुनाव लड्न सक्ने तयारीमा रहेका छन् । भाजपाले तीन नयाँ अनुहारलाई टिकट दिने तयारी गरेको बताइएको छ । सोही नाममा गौतम गम्भीरको पनि रहेको छ । तर गौतम गम्भीर लगातार सो कुरालाई अफवाह बताउदै आएका छन् ।

केहि दिन पहिले लोकसभा चुनावमा भाजपाबाट टिकट पाउने अटकलका बिच गौतम गम्भीरले अहिले सो विषयमा उनले सोच्न नहुने बताएका थिए । उनले भने , ” पुरै जिन्दगी म क्रिकेट खेलि रहे । मैले मानिसबाट सुनेको छु कि पूर्णकालिक राजनीतिले मानिसलाई परिवर्ता गर्छ। मेरा दुई सा-साना छोरीहरु छन् । र मलाई उनिहरुसँग समय बिताउनु छ । मैलै पनि हल्ला सुनेको छु । तर म अहिले आईपीएलको क्रममा स्टार स्पोटर्समा गर्दैछु । ”

शुक्रबार गौतम गम्भीरले भाजपा प्रवेश गर्ने समाचारले चर्चा पाएको छ । आज दिउसो १२ बजे गौतम गम्भीरले पत्रकार सम्मेलन गर्दैछन । लामो समयदेखि टिम इन्डिया बाहिर रहेका गम्भीरले भारतका लागि ५८ टेस्ट, १४७ वान–डे, ३७ टी–२० म्याच खेलेका छन् । यसका साथै उनले आईपीएलमा १५४ म्याच खेलेका छन् । आईपीएलमा कोलकाता नाइटराइडर्सले उनको कप्तानीमा दुई पटक उपाधि पनि जितेको छ ।

पछिल्लो संस्करणको आईपीएलमा भने गौतम गम्भीर दिल्ली डेयरडेभिल्समा आवद्ध थिए । तर प्रतियोगितामा अपेक्षित नतिजा नआएपछि उनले टिमको कप्तानबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah