काठमाडौं, ९ असोज । अननअराइभल भिसा पाउने देशमा जाने भन्दै नक्कली ई–टिकट देखाएर अमेरिकी डलरको दुरुपयोग भएको तथ्य खुलेको छ । अनअराइभल भिसा पाउने देशहरूमा जानका लागि ई–टिकट पेस गरेर बैंकहरूबाट अमेरिकी डलर लिने र त्यस्तो डलर बढी शुल्क लिएर अनौपचारिक कारोबार गर्नलाई बिक्री गर्ने गरिएको राष्ट्र बैंकको भनाइ रहेको  छ ।

‘अनअराइभल भिसा पाउने देशहरूमा जाने ई–टिकट पेस गरेर बैंकहरूबाट डलर लिने र त्यस्तो डलर अनौपचारिक कारोबार हुने नेपालकै ठमेललगायत ठाउँमा बढी मूल्यमा बिक्री गर्ने गरिएको पाइएको छ,’ ती अधिकारीले भने ।

अनअराइभल भिसा पाउने देशहरूमा जानका लागि पासपोर्टमा भिसा नहुने भएकाले दुरुपयोग गर्न सजिलो हुने गरेको हो । यस्तो कार्यमा केही बैंकका केही कर्मचारीको समेत मिलेमतो भएको शंका राष्ट्र बैंकको छ ।

तर, बैंकहरूले भने ई–टिकेटको आधारमा डलर दिए पनि डलर लिने व्यक्ति सम्बन्धित देश गए नगएको अनुसन्धान गर्ने काम आफूहरूको नभएको बताएका आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय