२२ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको अभियान देखेर केहीको सातोपुत्लो गएको बताएका छन् । एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आइतबार मोरङको विराट चोकमा हजारौंको उपस्थितिलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीले हिजोबाट सुरु गरेको यो अभियान चुनावी अभियान होइन, राष्ट्रिय जागरणको अभियान हो ।’

ओलीले एमाले काम गरेर देखाउने पार्टी भएको बताउँदै आफूहरुलाई बातबहादुरप्रति विश्वास नलागेको उल्लेख गरे । उनले निर्वाचन बिथोल्न उद्यत रहेकाहरुप्रति कडा शब्दमा प्रतिवाद गरेका थिए ।

बिहान १० बजे झापाको दमकबाट सुरु भएको दोस्रो दिनको अभियानको क्रममा आज विराटचोकमा एमालेले सभा गरेको हो । सो सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष भीम रावलले भने, ‘रक्सौलको मितेरी पुलमा गएर अमितेरी सम्बन्ध राख्ने र देशको सद्भावलाई बिथोलेर सद्भावना पार्टी नाम राख्नेले देशको हित गर्न सक्दैन ।’

एमाले स्थायी समिति सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रिय हित विरुद्ध उभिनेहरुलाई अबको चुनावपछि एमालेले बिदाइ गर्ने उल्लेख गर्दै भने, ‘हिजो एमालेलाई तराईबाट बिदाइ गर्ने भनेर बोल्नेहरु त एमालेको लहर ल्याउन त्यसो भनेका रहेछन् ।’

सोही सभामा नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय परिषद् सदस्य भोला दाहाल, सोही पार्टीको क्षेत्रीय कमिटीका इन्चार्ज गोविन्द बस्नेत र नेपाली काँग्रेस, राप्रपा र संघीय समाजवादी फोरम परित्याग गरेर प्रवेश गरेका करिब ३ सयलाई अबिर र टीका लगाएर अध्यक्ष ओलीले प्रवेश गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah