काठमाडौं। आज (शनिबार) हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगीता बिहानै देखी परेको पानीका कारण स्थगित भएको छ। बिहान १० बजेदेखी नै राष्ट्रिय क्रिकेट टिम र कलाकारहरु गरी दुई–दुई टिम बिच प्रतियोगीता हुने भनिएको थियो तर बर्षातका कारण आजका लागी खेल रोकिएको हो।

अब खेल अर्को शनिबार हुने सम्भावना रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस बताउँछन्। ‘आज नै शनिबार भनेर तोक्न सकिदैन तर सम्भावना आउँदो शनिबारका लागी छ। भोली हामीले मिति तोक्नेछौं ।’ धुर्मुसले भने।

यस मातृभूमि कप क्रिकेट प्रतियोगीता धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय रंगशालाको सहयोगार्थ गर्न लागेको हो। साथै खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई छुट्याउने फाउण्डेसनले बताएको छ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेल्दै छन्। क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन्। यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन्। कलाकारहरुको टिममा अभिनेता निर शाह, सुनिल थापा देखी अहिलेका युवास्टर सलिनमान बनिया, पल शाह सम्मले क्रिकेट खेल्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah