धरान/सप्तरीको राजविराजमा सोमबार भएको झडपमा मृत भनिएका दिगम्बर यादव जीवितै रहेको पुष्टि भएको छ। घटनामा तीन जनाको मात्रै मृत्यु भएको बताइएको छ ।

सप्तरीको राजविराजमा सोमबार भएको घटनालगत्तै मधेसी मोर्चाले चार जनाको मृत्यु भएको विज्ञप्ति निकालेको थियो । त्यसमध्ये दिगम्बरको नाम दोस्रो नम्बरमै थियो । मोर्चाका नेताहरुले घटनामा चार जनाको मृत्यु भएको पुष्टि भएको र अर्का एकजनाको घोषणामात्रै हुन बाँकी रहेको बताएका थिए ।

मोर्चाले विज्ञप्तिमा छोरा मृतकको सूचीमा देखेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका उनका पिता रामपुज यतिबेला झसंग भए, जतिबेला उनको छोराको उपचार भइरहेको थियो । दिगम्बरको ढाडमा एउटा गोली लागेको छ । सर्जरी वार्डमा राखेर उपचार गराइएका दिगम्बर राम्ररी बोल्न र घटनाबारे बताउन सक्ने अवस्थामा रहेको पिता रामपुजले बताए । दिगम्बर पेशाले वकिल हुन् । उनी नेपाल बार एसोसिएसन सप्तरीका कोषाध्यक्ष समेत हुन् ।

आफू आन्दोलनमा नगई हेर्नमात्र गएको दिगम्बरले बताए । ;एक किलोमिटर टाढा बसेर हेरिरहेको थिएँ, तर गोली लाग्यो।’- उनले भने । म माेर्चाकाे कार्यकर्तापनि हाेइन,म मरेकाेपनि छैन उनले भने ।

धरानमा दिगम्बरसहित जीतेन्द्रकुमार महतो, इन्द्र यादव, दिलिप यादव, सुरेन्द्रकुमार साह, जीतेन्द्र साह र एमाले कार्यकर्ता धनपती पाठकको उपचार भइरहेको छ। जसमध्ये इन्द्र यादवको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन्।

सप्तरीमा सोमबार सशस्त्र प्रहरीको गोली लागेर सञ्जन मेहताको घटनास्थलमै गोली लागि मृत्यु भएको थियो । छ महिना अघि मात्रै नेपाल फर्केका सञ्जनले राजविराजमा पान पसल संचालन गर्दै आएका थिए ।

यसैगरी, गोली लागेर घाइते भएका पिताम्बरलाल मण्डल र आनन्द साहको भने बिपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

धरानमा उपचारका लागि लगिएका लक्ष्मण यादव, दिनेश साह, जक्कु साह, अरुणकुमार यादव, पशुपति यादव र विरेन्द्र कुमार यादव तथा प्रहरीहरु रमेश मंग्राती र रञ्जीत सिंह भने उपचारपछि डिस्चार्ज भएका छन्।

ब्लाष्ट खबर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah