मुगु, ९ असोज । मुगु जिल्ला जिल्ला स्थित सुन्दर पर्यटकिय क्षेत्र रारा तालको वरिपरी सरसफाई गरिएको छ । रारा पर्यटन विकास समितिको आयोजनामा शनिबार प्रमुख जिल्ला अधिकारी केशव राज शर्माको प्रमुख अध्यक्षतामा रारा सरसफाई अभियान कार्यक्रमको सुरुवात गरिएको छ ।

rara_safai-5-750कार्यक्रममा सम्पुर्ण प्रमुख राजनिति दलका प्रतिनिधी, सरकारी तथा विभिन्न गैर सरकारी संस्थाका प्रमुख, स्थानिय समाजसेवि, वुद्धिजिवि, व्यापारी र स्थानिय यूवा, नेपाली सेना, प्रहरी, महाँदेब प्रा.वि. र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय मुर्माका विद्यार्थि , मुर्मा झ्यारी लगाएतका स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो । केही हप्ता अगाडी जिल्ला स्तरमा सरोकारवालाहरुको बैठक बसि रारा संरक्षण तथा सरसफाई अभियान प्रत्येक महिनाको दोस्रो शनिवारमा रारा संरक्षण तथा सरसफाई अभियान संचालन गर्ने निर्णय भएको थियो । सरसफाईका लागी रारा पर्यटन विकास समितिले ५० टिर्सट, ५० क्याप, काठका डस्बिन, झाडु, हसिया, मास्क, लगाएत अन्य आवश्यक व्यवस्था गरेको छ ।

rara_safai-3-750सरसफाईको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले राराको संरक्षण र सरसफाई गरी यो अभियान लाई निरन्तरता दिनुपर्ने बताए । सबैले ताललाई सफा बनाउनका लागी सवैले आ–आफ्नो तर्फबाट सकेजति आर्थिक भौतिक, नैतिक, रुपले सहयोग गर्नुपर्नेमा शर्माको जोड रहेको छ । कार्यक्रममा बोल्दै रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मोहन चन्द्र बिश्वकर्माले ताललाई सहयोग पुग्ने कामहरुकोमा निकुञ्जको पनी सहयोग रहने बताए ।

रारा राष्ट्रिय निकुञ्ज भित्रै रहेको दुर्गा भञ्जन गुल्मलाई पनी सरसफाईका लागी पैतिबद्ध पार्नेमा उहाँको जोड रहेको छ रारा पर्यटन विकास समितिका अध्यक्ष देबिकृष्ण रोकायाले रारा हाम्रो मात्र नभई नेपालकै गौरवताको प्रतिक भएकाले रारा तालको सौनदर्यता र पर्यावरण रक्षा गरी रारा अब फोहोर होईन साँच्चै सफा र सुन्दर छ भन्ने बिम्व विश्व व्यापिरुपमा प्रचार गरी रारालाई अन्तराष्ट्रिय पर्यटन केन्द्र वनाउनु पर्ने र यस अभियानलाई निरन्तरता दिनको लागी रारा सरसफाईमा एक दिन भनेर आई दिन र सानो–सानो भएपनि सहयोग गरिदन अनुरोध गरे ।

rara_safai-1-750राराको संरक्षण, सरसफाई, र पर्यटन विकासमा समितिले कामकार्य गदै आएको र अबका दिनहरुमा पनि जस्तोसुकै भूमिका खेल्न तत्पर रहेको रोकायाको भनाई छ । समितिका कोषध्यक्ष रत्न सिंह रोकायाले उक्त अभियानलाई सार्थक पार्नका लागी सम्पुर्ण मुगुवासी लगाएत सरोकारवाला सबै नियमित रुप्मा उपस्थिति भै दिन अनुरोध समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय